Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सव प्रचार टोली भार्सेमा, अगरवुड कम्पनीका सञ्चालकसँग भेटघाट

Published on 10:27:00 PM //

नारायणप्रभात मरासिनी
प्रथम गुल्मी महोत्सव २०६८ को प्रारम्भिक चरणका कार्यहरु यतिवेला तिव्रताका साथ अगाडी वढिरहेको छ ।
सोही क्रममा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा प्रचार–प्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद पाण्डेयको नेतृत्वमा पत्रकार सहितको एक टोली आज गुल्मीको क्षेत्र नं. १ को भार्से गाविसमा पुगेको छ । टोली हिजो गौडाकोट, वलेटक्सार, रिमुवा, रुद्रवेणी, जोहाङ्ग खैरनी लगायत विभिन्न क्षेत्रमा अवलोकन भ्रमण तथा महोत्सवको प्रचारप्रसार गर्दै भार्सेमा पुगेको हो । टोलीले आज सो गाविसमा त्यस क्षेत्रका स्थानीय राजनीतिक दल, समाजसेवी, वुद्धिजीवि, व्यापारी तथा स्थानीयवासीसँग अन्तकृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । टोलीलाई भार्से आमा समुहले फुलमाला तथा अविरले स्वागत गर्नुका साथै मगर समुदायमा रहेको लोपोन्मुख सालैजो गीत तथा नृत्य समेत प्रस्तुत गरेको थियो । उनीहरुले महोत्सवलाई मध्यनजर गरी भार्सेमा पनि आएर आफ्नो क्षेत्रको वारेमा जानकारी लिएकोमा खुशी समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा महोत्सव मुल समारोह समितिका सदस्य मृगेन्द्र श्रेष्ठ, घरेलु तथा कृषी उपसमितिका संयोजक गोपालप्रसाद भुसाल, स्वागतद्धार निर्माण समितिका संयोजक श्यामकुमार पाण्डेय, श्रृव्य उपकरण व्यवस्थापन उपसमितिका संयोजक मनिराम अर्याल, नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, उपाध्यक्ष नवराज भुसाल, महासंघका सचिव भरत पाण्डेय, होटल व्यवसायी मञ्चका कोषाध्यक्ष जङ्गवहादुर कुवँरको उपस्थिति रहेको थियो । त्यस्तै नेपाली काँग्रेस भास्रेका सभापति सन्तकुमार थापा, एमालेका अध्यक्ष घनवहादुर काउछा, अगरउड कम्पनीका सञ्चालक रामप्रसाद पुन मगर लगायतको पनि उपस्थिति रहेको थियो । टोलीले आज विहान भार्से गाविस ५ मा अगरउड् नामक मुल्यवान वोटको नर्सरी गर्दै आउनुभएका पुन मगरसँग भेटघाट गर्नुका साथै उहाँको नर्सरीको समेत अवलोकन गरेको छ । 
विश्व वजारमा प्रतिकेजी ८० लाख देखि १ करोडसम्म मुल्य पर्ने उक्त अगरउड्को वोट लगाउने सोँचका साथ यस वर्षदेखि पुनले नर्सरी लगाउनु भएको छ । उहाँका अनुसार विशेष गरी मुश्लिम समुदायहरुमा यो वोटको धेरै प्रकारवाट उपयोग हुने र यसवाट तेल पनि निकालिन्छ । ८० वर्षपछि यस वोटको भित्री काठ अझ महङ्गो पर्ने उहाँले वताउनुभएको छ । आफु विदेशमा रहेको वखत यसको महत्वको वारेमा वुझेको र आफ्नो क्षेत्रमा पनि यो वोट लगाउने सकिने वातावरण पाएपछि यसतर्फ आफु लागेको पुन मगरले वताउनुभएको छ । यसको प्रचारप्रसारका लागि गुल्मी महोत्सवले पनि टेवा पु¥याउने अपेक्षा लिएको पुन मगरले वताउनुभएको छ । त्यस्तै सोही अवसरमा प्याराग्लाईडिङ्गका लागि पोखरा पछिको दोस्रो उपयुक्त क्षेत्र पनि भार्सेमा रहेको जानकारी दिँदै त्यस त्यहाँको भौगोलिक अवस्था, सामाजिक, साँस्कृति, धार्मिक लगायतका वारेमा स्पष्ट पारेका
थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग