Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक क्यालेण्डरमा मानवअधिकार शिक्षालाई समावेश गर्ने प्रतिबद्धता

Published on 12:04:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालयको आयोजना तथा जिल्ला शिक्षा कार्यालयको सहजीकरणमा शैक्षिक क्यालेण्डरमा मानवअधिकार शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम ०६७ फागुन ३० गते सम्पन्न भयो ।

विद्यालयहरुमा बालअधिकार प्रबर्द्धन कार्यक्रमलाई संचालन गर्नको लागि सरोकारवाला निकायमार्फत पहल गरी निर्णय गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा शैक्षिक क्यालेण्डरमा मानवअधिकार शिक्षा र सरोकारवालाहरुको दायित्व विषयमा आधारपत्र प्रस्तुत गर्दै जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले मानवअधिकार शिक्षालाई जिल्लाको शैक्षिक क्यालेण्डरमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसको तयारीका लागि कार्यक्रम फलदायी भएको बताए ।

उनले मानवअधिकार शिक्षालाई पाठ्यक्रममा नै प्राथमिकताका साथ समावेश गरी बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र बनाउन सकेमा मात्र बालअधिकारको प्रबर्द्धन हुने बताए ।

इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले मानवअधिकार शिक्षा कार्यक्रम नमुनाको रुपमा सञ्चालन गरेको भन्दै जिल्लाका सम्पूर्ण क्षेत्रमा बिस्तार गर्न सरोकारवाला संघसंस्थाहरुको सहकार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारी गरेका थिए भने सहजकर्ता शान्ता पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग