Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीको पहिलो दिन गुल्मीमा १ दर्जन बढी परिक्षार्थी निष्कासित

Published on 2:17:00 AM //

शिबलाल सुबेदी
एसएलसी परिक्षाको पहिलो दिन गुल्मीका बिभिन्न परिक्षाकेन्द्रहरुबाट १ दर्जन भन्दा बढी बिद्यार्थीहरु निष्कासित भएका छन ।

परीक्षाको आज पहिलो दिन अनिवार्य अङ्ग्रेजि विषयको परीक्षा दिईरहेका १ दर्जन भन्दा बढी परिक्षार्थीहरु लाई परिक्षको मर्यादा विपरिीत काम गरेको भन्दै जिल्ला शिक्षा कार्यलयले निष्कासन गरेको हो । यसरी परीक्षामा अमर्यादीत काम गरेको भन्दै पृथ्वी माध्यमिक परिक्षा केन्द्र वडागाउवाट परिक्षा दिइरहेका २ जना, हर्मीचौर उच्च माध्यमिक परिक्षा केन्द्रवाट ६ जना, उदय उच्च माध्यमिक परिक्षाकेन्द्र अश्लेवावाट २ जना, तम्घास परिक्षा केन्द्र अन्र्तगत महेन्द्र उच्च माध्यमिक तम्घास केन्द्र ग वाट १ जना, रुन्खा दह उच्च माध्यमिक पपिरक्षा केन्द्रवाट २ जना गरि १३ जना परीक्षार्थीलाई परिक्षाको मर्यादा विपरीत काम गरेकोले आजको परीक्षा वाट निष्कासित गरीएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ ।
गुल्मी जिल्लामा परिक्षाका लागि सदरमुकाम तमघासमा ३ सहित २८ वटा परिक्षा केन्द्र निर्धारण गरीएको थियो । एसएलसी परीक्षामा गुल्मीका ९८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १ सय १० विधालयका ७ हजार ३ सय ४५ जना विधार्थी सहभागी भएका छन । जसमा नियमीत तर्फ ४ हजार ५ सय २३ जना रहेका छन भने एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थीहरु रहेका छन । त्यस्तै जनज्योती उच्च माध्यमिक रिमुवा गुल्मीका ४ जना दृष्टिविहिन परिक्षर्थीहरु ले पनि जनवोध उच्च माध्यमिक बिद्यालय वम्घाको केन्द्रवाट परीक्षा दिईरहेका छन । चारै जनाका लागि छुट्टै कक्षा र लेख्नकालागि कक्षा नौ का ४ जना विधार्थीको व्यवस्था गरीएको रिमुवाकी स्रोत शिक्षक पम्फा दङ्गालले जानकारी दिनुभएको छ । त्यस्तै ११ जना विद्यार्थीले प्राईभेट परीक्षा दिदैछन् । त्यसैगरी गुल्मी कारागार शाखावाट पनि एक जना परीक्षामा सहभागी भएका छन् । 
तम्घास केन्द्र अन्र्तगत रहेको सिद्धबाबा उच्च माध्यमिक बिद्यालयमा रहेको केन्द्रमा उनको केन्द्र परेता पनि उनलाई कारागार मै परीक्षा दिने व्यवस्था मिलाईएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । परीक्षालाई मर्यादित र अनुशासित वनाउन जिल्ला शिक्षा अधिकारी चन्द्रकात भुसालले सवै पक्षसँग आग्रह समेत गर्नुभएको छ । परीक्षालाई मर्यादीत र व्यास्थीत पार्नका लागि गुल्मीमा २८ केन्द्राध्यक्ष र ३७ सहायक केन्द्राध्यक्ष तोकिएको छ । एसएलसी परीक्षा समन्वय समिति मार्फत जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रवाट सक्रिय रुपमा पत्रकारीता गर्दै आएका सञ्चारकर्मी तथा पत्रकार हरुलाई परीक्षा मर्यादित र अनुसासन रुपले सम्पन्न गर्नका लागि पत्रकार पासको समेत ब्यवस्था गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग