Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीमा परि एक वालकको मृत्यु

Published on 12:05:00 PM //


पि.एम.मगर
गुल्मीको घमिर गाविसमा एक घरमा आगलागी हुँदा एक वालकको मृत्यु भएको छ ।
घमिर गाविस वार्ड नं. ५ मा वस्दै आउनु भएका कृष्णवहादुर विश्वकर्माको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका उहाँकै २ वर्षे वालकको मृत्यु भएको हो । आज विहान करिव साढे सात वजे तिर भएको आगलागीवाट घर भित्र रहेका संपुर्ण सरसामान, लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीवाट करिव एक लाख रुपैयाँ वरावरको क्षति भएको पीडित परिवार श्रोतले जनाएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सहयोग गरिदिन सवै पक्षसँग परिवारजनले आग्रह समेत गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग