Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टयाक्टर दुर्घटनामा ४ घाईते

Published on 2:19:00 AM //

शिबलाल सुबेदी
गुल्मीको वाग्ला गाविसको वडा नम्वर ७ दनेटामा ट्रयाक्टर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा वाग्ला गाविस वडा नम्वर ७ का १५ वर्षीय किरण घिमिरे, अजय घिमिरे, १० वर्षीय सरोज घिमिरे र १५ वर्षीय इश्वरी श्रेष्ठ रहेका छन् । वाग्ला गाविसको कालिमाटीवाट वाग्लाकै वडा नम्वर ७ मा ढुङ्गा लिएर जाँदै गरेको लु १ थ ४०० नम्वरको ट्रयाक्टर दिउसो साढे २ वजेतिर दुर्घटनामा परेको थियो । घाईतको स्थानीय मेडिकलमा उपचार भैरहेको छ भने चालकलाई मर्भुङ प्रहरी चौकी सीमलटारीले नियन्त्रणमा राखेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग