Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गृह नपाए पनि सरकार छाड्दैनौं : दाहाल

Published on 7:07:00 PM //


घनश्याम गौतम
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीले गृह मन्त्रालय नपाए पनि सरकार नछाड्ने बताएका छन् ।

गुल्मी महोत्सव उद्घाटनको क्रममा बोल्दै प्रचनण्ड । फोटो: जनार्दन घिमिरे 
गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवका उदघाटन गर्न बिहीबार आएका अध्यक्ष दाहालले पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अब गृह नपाएकै अवस्थामा पनि माओवादीले सरकार नछोड्ने स्पष्ट पारे । अध्यक्ष दाहालले तत्काल गृह मन्त्रालय नलिए पनि पछि माओवादीलाई नै दिने सहमति भएको जानकारी दिए ।
सात बुँदे सहमति जस्तै पछि गृह नपाएमा माओवादीले के गर्छ भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष दाहालले भने, 'माओवादी शान्ति र संविधान निर्माणमा मुख्य जिम्मेवार दल हो, आफैले जन्माएको सरकारलाई जस्तो सुकै परिस्थितिमा पनि साथ दिन्छ ।' उनले माओवादी शान्ति र संविधान निश्कर्षमा पुर्‍याउने उद्देश्यले सरकारमा सहभागी भएको बताए ।
यस अघि महोत्सवको उदघाटन गर्दै अध्यक्ष दाहालले माओवादी सरकारमै रहेका बेला नेपालमा पर्यटन वर्ष मनाउन लागिएको र अहिले पनि पर्यटन मन्त्रालय माओवादीकै भागमा परेको जानकारी दिंदै नेपालमा पर्यटन पुर्वाधारका धेरै सम्भावना रहेकाले यसको विकासमा ध्यान दिन जरुरी रहेको बताए । हेलिकोप्टरबाट सदरमुकाम तम्घास आएका दाहाल पार्टीका तर्फबाट मन्त्री छान्न तयार भएको जानकारी दिंदै बिहीबार साँझ नै राजधानी फर्किएका छन् ।  

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग