Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पियनको भरमा उपस्वास्थ्य चौकी

Published on 12:13:00 AM //

पि.एम.मगर
विगत दुई हप्तादेखि गुल्मीको विरवास उप–स्वास्थ्यचौकी पियनको भरमा चल्दै आएको छ ।
चार जना स्वास्थ्यकर्मीको दरवन्दी रहेको स्वास्थ्य चौकीमा एक जना पनि स्वास्थ्यकर्मी उपस्थित नभएपछि पियनको भरमा स्वास्थ्यचौकी चल्दै आएको हो । स्वास्थ्यकर्मी नभएपछि विरामीहरु उपचार नै नगराई त्यत्तिकै फर्किन वाध्य भएका छन् । यस विषयमा संवन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि आफुहरु समस्यामा परेका स्वास्थ्यचौकीमा आएका विरामीहरुले वताएका छन् । गर्मी मौसम शुरु भए लगत्तै उक्त स्वास्थ्य चौकीमा पनि आज भोली दैनिक १५ देखि २० जना विरामीहरु उपचारका लागि आउने गरेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग