Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निरक्षरता उन्मुलन गर्नै निर्णय

Published on 1:10:00 PM //

विष्णु पौडेल
गुल्मीको वडागाउँको आयोजनामा साक्षरता अभियानसम्वन्धी सर्वदलीय वैठक वडागाउँ गाविसको गाविस भवन ठुलापोखरामा सम्पन्न भएको छ ।
स्थानीय स्तरमा क्रियाशिल चार ओटा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थितीमा सम्पन्न उक्त वैठकमा साक्षरता अभियानलांई चार ओटै राजनैतिक दलवाट अनुगमन गरी प्रभावकारी वनाउने र वडागाउँ गाविसको वार्ड नं. ३, ६ र ८ मा निरक्षरता पुर्ण रुपमा उन्मुलन गर्ने निर्णय गरिएको छ । वैठक वडागाउँ गाविसका गाविस सचिव चुरा वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । हिजो गठन गर्ने भनिएको महिला सञ्जाल विशेष कारणवस गठन हुन नसकेको र यही चैत २६ गते पुन: सर्वदलिय वैठक वसी गठन गरिने वैठकमा सहभागी पृथ्वी माध्यामिक विद्यालयका शिक्षक वोम वहादुर छन्त्यालले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग