Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीको पाँचौ दिन १९ जना निष्कासित

Published on 5:28:00 PM //

आज सम्म १०५ जना निष्कासित
टोपलाल अर्याल 
चैत १० गतेवाट शुरु भएको प्रवेशिका परिक्षा एस.एल.सी को आज पाँचौ दिन अन्तर्गत बिज्ञान बिषयको परिक्षा सकिएको छ ।

परिक्षाको मर्यादा बिपरित काम गरेको भन्दै गुल्मी जिल्लाबाट १९ जना परिक्षार्थीहरु आजको परिक्षाबाट निष्कासित भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । यसरी आज परिक्षार्थीहरु निष्कासित हुने केन्द्रहरुमा मालिका उच्च माध्यमिक बिद्यालय सिमलटारी केन्द्रबाट ३ जना,  हर्मिचौर परिक्षाकेन्द्रबाट २ जना, रुङ्खादह उच्च माध्यमिक बिद्यालय बिरवास परिक्षाकेन्द्रबाट १ जना, हाडहाडे परिक्षाकेन्द्रबाट १ जना, पौदिअमराई परिक्षाकेन्द्रबाट १ जना, शान्तिपुर परिक्षाकेन्द्रबाट ३ जना, रिडीउच्च माध्यमिक बिद्यालय रिडी परिक्षाकेन्द्रबाट ३ जना, नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय इन्द्रेगौडा परिक्षाकेन्द्रबाट १ जना, पृथ्वी माध्यमिक बिद्यालय बडागाउँ परिक्षाकेन्द्रबाट १ जना, वामी परिक्षाकेन्द्र बाट ३ जना गरि जम्मा १९ निष्कासित भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जनाकारी दिनुभएको छ ।
यसरी जिल्लामा अहिलेसम्म १०५ जना बिद्यार्थीहरु निष्कासित भैसकेका छन । यस वर्षको एसएलसी परिक्षामा गुल्मीका २८ परिक्षा केन्द्रमार्फत ७ हजार ३ सय २५ विद्यार्थी सहभागी भएका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग