Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिट चोरेको भन्दै आज गुल्मीमा ९ जना निष्काशित

Published on 2:34:00 PM //

टोपलाल अर्याल/सन्जु थापा
एसएलसी परीक्षाको आज सातौं दिन ऐच्छिक प्रथम पत्रको परिक्षामा आज गुल्मीका बिभिन्न परिक्षाकेन्द्बाट ९ जना परिक्षार्थीहरु निष्कासित भएका छन ।
आजको विषयको परीक्षामा अमर्यादीत काम गरेको भन्दै जनता उच्च माध्यमिक बिद्यालय अश्लेवा परिक्षाकेन्दबाट २ जना, सोमरभोमर माध्यमिक बिद्यालय हाडहाडे परिक्षाकेन्दबाट २ जना,तम्घास केन्द अन्र्तगत महेन्द्र उच्च माध्यमिक बिद्यालय परिक्षाकेन्दबाट १ जना, दुर्गा भवन उच्च माध्यमिक बिद्यलय छापचौर परिक्षाकेन्दबाट ३ जना र उदय उच्च माध्यमिक बिद्यालय परिक्षाकेन्द्रबाट १ जना गरि ९ जना विधार्थीलाई आजको विषय रद्ध गरी निष्कासित गरीएको जिल्ला शिक्षा कार्यलयका उप सचिव थानेश्वर घिमीरेले जानकारी दिनुभएको छ । यो सहित अहिलेसम्म गुल्मीबाट कुल १ सय १७ जना परिक्षार्थीहरु निस्कासित भएका छन ।
अहिलेसम्म सरकारी बिद्यालयका बिद्यार्थीहरु निष्कासित भएको भएपनि आज पहिलो पटक बोर्डिङ स्कुलमा पढ्ने १ जना बिद्यार्थी निष्कासित भएको उप सचिव घिमिरेले बताउनु भएको छ । यसरी निष्कासित हुने बोडिङ्ग सदरमुकाम तम्घासमा रहेको आर्दश बिद्याश्रम बोडिङ्ग स्कुल रहेको जानकारी उहाँले दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग