Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाहुनाको कलम: गजल

Published on 6:55:00 PM //

- "निराश बिरही" रेशम श्रीष

यसपालिको प्रेम दिवस मैले पिएर मनाएँ 
कसैलाई गुलाफको फूल दिएर मनाएँ

हाँसेर जब उनले प्रेम प्रस्ताब स्विकारीन
अनी फाटेको यो कलेजी सिएर मनाँए 

मरे तुल्य भा'थेँ भावना पोख्न नपाऊँदा
आज बल्ल लाग्यो मैले जिएर मनाएँ 

कोमल मनको त्यो पवित्र प्रेम सुम्पी दिइन उनले
मैले ऊनको मुस्कान समेत लियर मनाएँ

यसपालिको प्रेम दिवस मैले पिएर मनाएँ 
कसैलाई गुलाफको फूल दिएर मनाएँ । 

दबुङ, भार्से, गुल्मी ।  
हाल: मनामा, बहराइन । 

- 14 Feb2011

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग