Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसि परिक्षालाई मर्यादित बनाउन छलफल

Published on 11:29:00 PM //

शिबलाल सुबेदी
एस.एल सि परिक्षालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा जिल्ला शिक्षा कार्यलय गुल्मीको आयोजनामा अन्र्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय विकास अधिकारी दिपेन्द्र राज पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुवेदि ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण अधिकारी, एकिकृत माओवादि जिल्ला सचिवालय सदस्य बुद्धि जि.सी, नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु वलाल,  नेकपा एमालेका प्रतिनिधि हिरा ए.सी, अनेरास्ववियु क्रान्तीकारीका जिल्ला अध्यक्ष यदु ज्ञवाली, अनेरास्ववियु जिल्ला संयोजक ओम कार्की, पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, प्यावसन सचिव फर्सुराम ज्ञवाली, अखिल नेपाल शिक्षक संघका अध्यक्ष नित्यानन्द अर्याल, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष खुम बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रोहित भन्डारी, शिक्षक युनियनका उपाध्यक्ष मेघराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण अधिकारी, नेपाल शिक्षक परिषदका अध्यक्ष केशरवहादुर थापा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष दशरथ घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलय गुल्मीका अधिकृत चन्द्रकान्त भुसालको अध्यक्षता, शिक्षा कार्यलयका शाखा अधिकृत हरिलाल अर्यालको स्वागत, उपसचिव थानेश्वर घिमिरेको सञ्चालनमा सन्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग