Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो स्काईको साधारण सभा हुने

Published on 9:44:00 PM //

शिबलाल सुबेदी
गुल्मी जिल्लाको पहिलो तथा एक मात्र सामुदायिक रेडियो स्काई ८८.४ मेगाहर्जले भोली गर्न लागेको प्रथम साधारण सभाको सम्पुर्ण तयारी पुरा गरेको छ ।

आज बसेको सञ्चालक समितीको तयारी बैठकले भोली सम्पन्न हुने प्रथम साधारण सभाको तयारी पुरा भएको जानकारी दिएको हो । २०६७ साल असार २३ गतेबाट आफ्नो प्रशारण शुरु गरेको रेडियोले छोटो समयमै लाखौं श्रोताहरुको मन जित्न सफल भएको र आगामी दिनमा समेत यसका कार्यक्रमहरुको स्तर बृद्धि गर्दै थप सामाजिक दायित्वका साथ अगाडी बढ्न भोलीको साधारण सभाले महत्वपूर्ण सहयोग पुग्ने समेत समितिले जानकारी दिएको छ ।
 सामाजिक न्यायका लागि सञ्चार अभियानद्धारा सञ्चालित गुल्मीको सदरमुकाम तम्घासमा प्रशारण कक्ष रहेको यस रेडियोले अर्जुनडाडाँ स्थित नेपाल टेलिभिजनको टावरबाट एस.टी.एल लिङ्कमार्फत दैनिक १८ घण्टा समाचार, सुचना, मनोरञ्जनात्मक, र बौद्धिक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । सामुदायिक रेडियो
स्काई ८८.४ मेगाहर्जले पश्चिामाञ्चल क्षेत्रमा नियमित प्रशारण गरेको सबैभन्दा छोटो समयमै इन्टरनेट अनलाईनमा प्रशारण गर्ने पहिलो रेडियो हो । रेडियो स्काई www.radiosky.gulminews.com मा सजिलै सुन्न सकिन्छ । www.radiosky.gulminews.com मार्फत रेडियो स्काई प्रत्यक्ष सुन्न पाउनुका साथै रेडियो सम्बन्धी जानकारी, रेडियो प्रस्तोता र प्राविधिकहरुको पनि जानकारी लिन सकिन्छ । त्यसैगरी रेडियो स्काई प्रत्यक्ष सुन्न नपाउने श्रोताहरुको लागि रेडियोका थुप्रै रेकर्डेड कार्यक्रमहरु पनि दैनिक उक्त वेबसाइटमा राखिन्छ । गुल्मीन्युजका अलावा रेडियो स्काई www.skyfm.clickonlinemedia.com र हाम्रो गुल्मीबाट पनि सुन्न सकिने रेडियोका संयोजक जिडी जोन्स रियाजले बताउनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग