Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी ताराको प्रथम अडिसन तम्घासमा पनि सम्पन्न

Published on 5:13:00 PM //

जनार्दन घिमिरे
यही वैसाख ४ देखि ११ गतेसम्म संचालन हुन लागेको प्रथम गुल्मी महोत्सवको अवसरमा गुल्मी उद्योग वाणिज्यसंघको आयोजनामा रम्वा गुल्मी तारा २०६८ खोजी अभियान अन्तर्गत आज गुल्मीको सदरमुकाम तम्घासमा प्रथम चरणको अन्तिम अडिसन राउण्ड सम्पन्न भएको छ ।
जिल्लाका ग्रामिण क्षेत्रमा लुकेर रहेका आधुनिक, लोक र पप गीतका प्रतिभाहरुको खोजी गरि एकजना उत्कृष्ट प्रतिभालाई गुल्मी महोत्सवको अवशरमा प्रथम रम्वा गुल्मीतारा २०६८ घोषणा गर्ने उद्देश्यले उक्त अडिसन राउण्ड शुरु गरिएको हो । अडिशन राउण्डको प्रथम चरण अन्तर्गत अन्तिम अडिसन राउण्डमा उपस्थित भएका ३२ जना सहभागिहरु मध्य आज प्रथम चरण अन्तर्गत १२ जना सहभागिहरुलाई दोश्रो चरणकोलागि छनोट गरिएको छ ।
यसरी छनौट हुनेहरुमा मनोज वस्नेत,नविन वराल, धर्मेन्द्र जिसि,सागर सारु, गौतम विक, विशाल श्रेष्ठ, नरेन्द्र परियार,दिनेश पुन,नरेश राना, रचना वस्नेत,कमल वस्नेत र मनिता थापा रहेका छन् । 
आज छनौट गरिएका सहभागिहरु यही चैत २१ गते सदरमुकाम तम्घासमा आयोजना गरिने दोश्रो चरणको अडिसन राउण्डमा भाग लिने अवसर पाउने भएका छन् । उक्त अडिसनको मूल्यांकनकर्ताहरुमा गुल्मी महोत्सव सांस्कृतिक उप समितिका संयोजक अनुपकुमार श्रेष्ठ, महेश काउछा, भरत भलामी, जिडीजोन रियाज, सन्तु थापा, भरत काउछा, टीकाराम पोख्रेल लगायतका महानुभावहरु रहनुभएको छ । रम्वा गुल्मी तारा २०६८ खोजी अभियान अन्र्तगत आज सदरमुकाम तम्घासमा प्रथम चरणको अन्तिम अडिसन राउण्ड सम्पन्न भएको हो । दोश्रो चरणको अडिसन राउण्ड भने यही चैत २१ गते सदरमुकाम तम्घासमा शुरु गरिने जनाईएको छ ।
यसरी दोश्रो चरणमा छनौट गरिने ८ जना सहभागिहरु मध्ये गुल्मी महोत्सवको अवसरमा प्रत्येक दिन एकएक जना सहभागिहरु प्रतिस्पर्धावाट वाहिरिने र अन्तिम दिनमा छनौटमा पर्ने एकजना सहभागिलाई प्रथम रम्वा तारा २०६८ घोषणा गरिने सांस्कृतिक उप समितिका संयोजक अनुप श्रेष्ठले जानकारी दिनु भएको छ । यसरी उत्कृष्ट हुने गुल्मी तारालाई आकर्षक पुरस्कारवाट सम्मान गर्नुका साथै चर्चित संगितकार बिजु बज्रद्वारा बज्र क्रियशनवाट निशुल्क रुपमा एउटा गीत समेत रेकर्ड गराईने भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग