Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुरु भयो रेसुङ्गा बिमानस्थल, अब जहाजबाट सिधै सिमिचौर

Published on 1:15:00 AM //

[अप्रिल फूलका दिन यो समाचार राखिएको हो र यसको सूचना ब्लगको अन्तिममा राखिएको लिङ्कमा छ । यो समाचार पढ्नु हुने सबैले कुनै भ्रममा नपरी त्यसै अनुरुप बुझी दिनुहुनेछ भन्ने आशा लिएका छौ । अङ्रेजी क्यालेण्डरको अप्रिल १ तारिखका दिन विश्वभरी नै अप्रिल फुल मनाउने प्रचलन अनुरुप यो समाचार राखिएको हो, यसबाट कोही कसैमा भ्रम पर्न गएमा क्षमा प्रार्थी छौँ -गुल्मीन्युज]

लामो समयको प्रतिक्षा पछी अन्तत: गुल्मेली जनताको आफ्नै घर आँगनबाट जहाज चढ्ने सपना पुरा हुने भएको छ । पुर्व साँस्कृति तथा पर्यटन मन्त्री प्रदिप ज्ञवालीको कार्यकालमा प्रस्तावित रेसुङ्गा बिमानस्थलको पाँच बर्ष पछी निर्माण कार्य पुरा भएको रेसुङ्गा बिमानस्थल निर्माण तथा ब्यवस्थापन समिती र नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीवार संयुक्त रुपमा तम्घासमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।

बिमानस्थल सन्चालन सम्बन्धी ईकान्तिपुरमा प्रकाशित समाचार ।  
पत्रकार सम्मेलनमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक महानिर्देशक कृष्ण गोपाल महर्जनले सिमिचौर गाविस वार्ड नं. ५ थालेमाले डाँडा स्थित बिमानस्थलबाट आगामी नयाँ बर्षको दिन देखी परिक्षण उडान थालिने जानकारी दिनुभयो । विमानस्थलको यही आगामी बैशाख १ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्ग बहादुर विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा मंगलबार र शुक्रबार गरी हप्ताको दुई दिन नेपाल बायुसेवा निगमको जहजबाट उडान भरिने र बिस्तारै यात्रुहरुको माग हेरी बिमान कम्पनी तथा उडानहरु थप्दै लगिने महर्जनले जानकारी दिनुभयो ।
निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरेका अनुसार विमानस्थल निर्माणमा समुदायको ३० करोड ५० लाख र बाँकी सरकारको गरी कुल १ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । बिमानस्थलमा बजेट अभावमा टेवा पर्खाल, कर्मचारी आवास, सुरक्षा आवास लगायतका काम हुन बाँकी रहेको समितिले जनाएको छ । उक्त बिमानस्थल सन्चालनमा आएपछी गुल्मीका अलावा पाल्पा, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, पर्वत, प्युठान लगायत पश्चिम क्षेत्रका थुप्रै जिल्लाका जनताहरु लाभान्वित हुने जनाइएको छ ।  
निगमको वेबसाईटमा अप्डेटेड नयाँ भाडादर ,  काठमाडौं आउन ३ हजार भन्दा बढी
    
उतिबेला गुल्मीको सिमिचौरमा रेसुङ्गा बिमानस्थल बन्छ भन्दा शायद कसैले पनि पत्याएको थिएन होला, तपाईं हामी पनि शंकै गर्थ्यौ यो कुरामा । तर आर्थिक बर्ष ०६३/६४  को बजेटबाट केही रकम छुट्टाएर काम थालीसकेपछी भने आम गुल्मेली जनतामा केही आशाको त्यान्द्रो पलाएको थियो । सरकार परिवर्तनको खेलसँगै बिचमा केही समय रेसुङ्गा बिमानस्थल निर्माण कार्य रोकिए पनि गुल्मेली जनताको बिरोध र दबाबले गर्दा पुन: निर्माण कार्य सुचारु भएको थियो । लामो समयको कसरत र सबै पक्षको सहयोगले गर्दा अन्तत: गुल्मेली जनताहरु आफ्नै आगनबाट जहाज चढ्ने सपना पुरा हुन लागेकोमा दंग छन । 


            




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग