Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय राजदुत सुदलाई गुल्मीमा कालो झन्डा

Published on 6:12:00 PM //

प्रतिक्षा शर्मा
भारतीय सहयोगमा तम्घासमा नवनिर्मित एक बिद्यालयको उद्घाटन गर्न तम्घास पुगेका भारतीय राजदुत राकेश सुदलाई माओवादी कायाकर्ताहरुले कालो झन्डा देखाएका छन ।
भारतीय बिस्तारबाद बिरुद्धमा एकिकृत नेकपा माओबादि जिल्ला कार्यसमिति गुल्मीका सदस्य लगायत माओबादि समर्थक कार्यकर्ताले गुल्मीको देउराली र दुबीचौरमा राकेश सुदको अगाडि कालो झण्डा प्रदर्शन गरेका हुन ।
रेसुङ्गा काधयामिक बिधालय तम्घास गुल्मी नव निर्मित भवको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । भारत सरकारको करिब  ७९ लाख २४ हजार ९ सय ६३ रुपैयाको आर्थिक सहयोगमा निर्माण गरिएको भबनको नेपालका लागि भारतीय राजदुत राकेश सुदले गर्नुभएको थियो ।  बिधालयका प्रधानाध्यापक प्रेम नारायण भण्ठारीको  स्वागत मन्तब्य र शिक्षक बिधार्थीहरुको स्वागत गित र नृत्यबाट शुरु भएको कार्यक्रममा  भारतयि एमबिसीका काउन्सिलर पुनित राय कुण्डल, जेपी शर्मा, प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल स्थानयि बिकास अधिकारी दीपेन्द्रराज पौडेल जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषाल, गुल्मपति खुन्ना मुन्ना राई, प्रहरी नायब उपरिक्षक पदम प्रसाद सुबेदी, रेसुङ्गा बहुमुखी क्पाम्पसका क्याम्पस प्रमुख दीन पन्थी , रुद्रावती क्याम्पसका क्याम्पस प्रमुख हिरामणी अर्याल, सिद्धबाबा उच्च माध्यामिक बिधालयका  प्राचार्य डोर बिक्रम श्रीस, समाजसेबी सुरेशचन्द्र भुषाल बिधालयका सस्थापक अध्यक्ष चिरञ्जिबी शर्मा, भुत पुर्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बेद प्रसाद उपाध्याय, जिल्लामा क्रियाशिल बिभिन्न राजनितिक दलका प्रतिनिधि, समानसेवी, बिधालयका शुभ चिन्तक अभिभाबक तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गुमान सिँह थापाको सभापतितवमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक भगत केसीले गर्नु भएको थियो ।
बिरोध कार्यक्रममा उएककृत नेकपा माआबादिका केन्दिय सदस्य दिनेश पन्थी सह इन्चार्ज जितजंग  राज्य समिति सदस्य अशोक थापा , जनबर्गिय संगठनका कार्यकर्ता उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग