Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिफ्लेक्ट कक्षा सञ्चालनको तैयारी

Published on 10:49:00 PM //

पि.एम.मगर
जिल्ला विकास समिति, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत घमिर गाविसमा रिफ्लेक्ट कक्षा सञ्चालनका लागि लक्षित समुदायको भेला सम्पन्न भएको छ ।
घमिर वार्ड नं. ३ पुरानोकोटमा सम्पन्न भएको भेलामा घमिर गाविसमा लक्षित समुदायमा पहिचान कार्य सम्पन्न भएकाले रिफ्लेक्ट कक्षा सञ्चालनका लागि डिलवहादुर विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समितिको गठन गरिएको छ । समितिको उपसंयोजकमा समसेरवहादुर विश्वकर्मा, सदस्यहरुमा धनी नेपाली, चन्द्रकला वुढाथोकी, टेकवहादुर विश्वकर्मा, सदस्य सचिव सामाजिक परिचालक राजेन्द्र पन्थी र आमन्त्रीत सदस्यमा गाविस सचिव राजु शर्मा रहनुभएको छ । साथै सोही वडामा ३० जना विपन्न सदस्यहरुलाई उक्त रिफ्लेक्ट कक्षामा समावेश गर्नका लागि सदस्य छनौट समेत गरेको छ । गाविस सचिव राजु शर्माको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक राजेन्द्र पन्थीले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग