Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"खानेपानीको चिन्तामा कसैको जिन्दगी नबितोस"

Published on 6:03:00 PM //

सञ्जु थापा
१९ औ विश्व खानेपानी दिवसको अवसरमा खानेपानी उपभोक्ता महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा एक कार्यक्रम आज तम्घासमा समपन्न भएको छ ।
खानेपानीको चिन्तामा कसैको जिन्दगी नबितोस भन्ने अन्तराष्ट्रिय नारा र स्वच्छ खानेपानी सबैका लागि, सधैका लागि भन्ने राष्ट्रिय नाराका साथ मनाईएको विश्व खानेपानी दिवसको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी खानेपानी उपभोक्ता समितिमा आवद्ध उपभोक्ताहरु, समाजसेवी, वुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खानेपानी उपभोक्ता महासंघ शाखा सचिव विष्णु पौडेल, भुवन श्रेष्ठ, राम मल्ल ठकुरी, ईन्द्र घर्ति , महाशर्मा भण्डारी लगायतले खानेपानीको महत्वको बारेमा बोल्नुभएको थियो । साथै विश्व खानेपानी दिवसको अवसरमा बाजागाजासहित एक र्‍याली पनि निकालिएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग