Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन दिनदेखि वेपत्ता युवक मृत अवस्थामा फेला

Published on 6:00:00 PM //

विष्णु पौडेल
गत ३ दिन देखि वेपत्ता भएका गुल्मीको पौदीअमराई ३ खमारीपाटाका एक युवक मृत अवस्थामा फेला परेका छन् । जनज्योति माध्यामिक विद्यालय अरेवामा कक्षा १० अध्ययनरत केशर वहादुर वलामीका १७ वर्षिय छोरा जीववहादुर वलामी आज दगातुम्डाँडाको गाविस वडा नम्वर ८ नजिकको वढिगाड खोलामा मृत अवस्थामा फेला परेका हुन । गत चैत्र ५ गते जीववहादुर ४ जना साथीसंग माछा मार्नका लागी वढिगाड खोलामा गएको परिवारिक श्रोतले जनाएको छ । उनीहरुले माछा मार्नका लागी पोलवाट विजुलिको तार ल्याउँदा त्यसैवाट करेन्ट लागेर मृत्यु भएको हन सक्ने प्रहरीले प्ररम्भिक अनुमान गरेको छ । उनीसंगै गएका अन्य ३ जना साथीले घटनाको वारेमा कुनै प्रतिक्रियम नदिएकाले घटना थप रहस्यमय भएको छ । उनीहरुसंगै गएका अन्य तीन जनालाई पनि प्रहरी नियन्त्रणमा लिएको छ ।
परिवारले उनको खोजी गर्ने क्रममा विहान करिव ८ वजे उनको शव पानीमा उत्रेको अवस्थामा देखेपछि काका थुम वहादुर वलामीले खर्वाङ प्रहरीलाई खवर गर्नुभएको थियो । खर्वाङ प्रहरीले इलाका प्रहरी हरिचौर वाग्लुङलाई खवर गरेपछि प्रहरी घटनास्थलमा पुगी शवलाई पानी वाहिर निकालेको थियो । मृतकको शव पोष्ट मार्टमका लागी सदरमुकाम वाग्लुङ लगिएको इलाका प्रहरी कार्यलय हरिचौरका इन्सफेक्टर सुवोध खड्काले जानकारी दिनुभयो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग