Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल मगर संघको इलाका भेला सम्पन्न

Published on 12:14:00 AM //

पि.एम.मगर
नेपाल मगर संघ, इलाका नं. ६ को इलाका अधिवेशन शनिवार सम्पन्न भएको छ ।
सरस्वती प्राथमिक विद्यालय, खर्ज्याङ ९ खर्ज्याङ गाविसमा सम्पन्न अधिवेशनले हुँगा गाविसका रणवहादुर राकसकोटी मगरको अध्यक्षतामा ९ सदस्यीय इलाका समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा खर्ज्याङका विरवहादुर सोमै मगर, सचिव दिगामका वावुराम थापा मगर, सहसचिव हुँगाका होमवहादुर पल्ली मगर, कोषाध्यक्षमा खज्र्याङ्गका माया वुृचा मगर रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शेरवहादुर वलाल मगर हर्दिनेटा, विजयविक्रम सोमरे मगर दौँघा, अम्विका रेश्मी मगर दौँघा र रुकवहादर रासकोटी मगर पल्लीकोट गाविसका रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका जिल्ला अध्यक्ष श्रीप्रसाद भलामी मगर, दिगाम गाविसका गाविस सचिव लिलवहादुर सिँजाली मगर लगायतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि भलामीले मगर समुदायको राजनीतिक, सामाजीक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक शसक्तीकरणमा जोड् दिनुभएको थियो । उहाँले मगर समुदायमा अझै पनि आफुलाई मगर हुँ भन्न डराउने प्रवृति कायमै रहेको उल्लेख गर्दै अव शुरु हुन लागेको जनगणनामा अनिवार्य मगर थर उल्लेख गर्न मगर समुदायमा आग्रह गर्नुभएको छ । त्यस्तै अव वन्न लागेको संविधानमा जनजातिहरुको अधिकार सुनिश्चित गर्नतर्फ पनि ध्यान पुर्याउन अत्यन्त जरुरी रहेको उहाँले वताउनुभएको छ । 
कार्यक्रम अमरवहादुर गाहा मगरको सभापतित्व तथा मानवहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल मगर संघ अज्र्याङ्ग गाविसको तदर्थ समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा विरवहादुर सोमै मगर, सहसंयोजक अमरवहादर गाहा मगर, सचिव कर्णवहादुर पालुङ्गे मगर, सदस्यहरुमा माया वुचा मगर, तीर्थवहामदुर पालुङ्गे मगर, पे्रेमकला सोमरे मगर, ववि वहादुर घर्ति मगर, पार्वता वुँचा मगर र राधा वुँचा मगर रहनुभएको छ । कार्यक्रममा नवगठिट समितिका अध्यक्ष विर वहादुर सोमै मगर र सचिव कर्णवहादुर पालुङ्गे मगरले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि संघका जिल्ला अध्यक्ष श्रीप्रसाद भलामीले शुभकामना तथा वधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग