Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर-घरमा चर्पी, पुरै गाउँ सफासुग्घर

Published on 7:32:00 PM //

पी.एम.मगर
प्रायः फोहोर देखिने अर्घाखांचीको पोखराथोक गाविस मोहर गाउंका दलित वस्ती यतिबेला सफा सुग्घर बनेको छ ।
गाउँघर सफा गर्नुपर्छ भन्ने शिक्षा पाएपछि गाउँले सरसफाईमा जुटेका हुन । अहिले घर गोठ, शौचालय  र सिंगो गाउँ सफा सुग्घर वनेको छ । घर आँगन र टोलटोलसमेत सफा भएपछि गाउँमा विरामी हुनेको संख्यामा कमी आएको छ । सबै गाउँले विहान उठ्ना साथ विहानभरि आफनो घर आँगनदेखी बाटोसम्म सरसफाई गर्नमा व्यस्त हुन थालेपछि अहिले त्यहाँका वासिन्दाको दिनचर्या फेरिन थालेको टिकाराम विश्वकर्माले वताउनुभएको छ । गाउँमा चर्पी बनाएर सरसफाई अभियान सञ्चालन गरेपछि दलित वस्तीको रुप नै फेरिएको स्थानीयवासीको भनाई छ । सबैले विहान उठेपछि पहिला घरवरपर टोल तथा वस्तीसम्म सफा गरेर मात्र अन्य काममा लाग्ने गरेका छन । मोहर गाउँ सरसफाईमा अहिले जिल्लाकै नमुना गाउँ भएको छ ।
समाजसेवा तथा वातावरण सस्कृति समुहले सौचालय बनाउन १५ हजार रुपैँया दिएपछि उपभोक्ताले गाउँमा शौचालय बनाएका हुन । गाउँमा शौचालय निर्माणको लागि रकम सँगै सरसफाई सम्बन्धी तालिम र शिक्षा दिएपछि गाउँ सफासुग्घर बनाउन उनीहरु आफै जुटेका हुन । समुहका अध्यक्ष बाबुराम पौडेलका अनुसार सफा भएपछि गाउँ अब आत्मनिर्भरका साथै घरमा आउने पाहुनालाई राम्रो अतिथि सत्कार गर्न थालेका छन । घर र गाउँ सरसरपाई भएपछि अन्य काम गर्नमा समेत चेतना अभिवृद्धि भएको पौडेलको दावी छ । पोखराथोक गाविसको ७० घर दलित वस्तीमा शौचालय बनाउन सामान, सिमेन्टसँगै १५ हजार रुपैया दिएपछि सबैका घरमा पक्की सौचालय बनेका हुन । पोखराथोक गाविसको ४, ७, ८ र ९ वडामा अधिकाश दलित वस्ती रहेको छ । सौचालय निर्माणपछि खुला दिसा मुक्त गाउँ घोषणा गरि एको छ । कसैले गाउँमा दिसा पिसाव गरे उसलाई जरिवाना समेत गर्ने स्थानीयवासीले वताएका छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग