Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक

Published on 10:32:00 PM //

पी.एम.मगर
प्रथम गुल्मी महोत्सव २०६८ को प्रारम्भिक चरणका कार्यहरु तिव्र रुपमा अगाडी वढ्नुका साथै मुल समारोह समिति र उपसमितिका वैठक तथा छलफलहरु नियमित रुपमा चलिरहेका छन् ।

यस्तै आज महोत्सव मुल समारोह समितिको वैठक गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । वैठकमा मुल समारोह समितिले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन तथा आगामी दिनमा गर्ने कार्यहरुको वारेमा व्यापक छलफल भएको थियो । वैठकमा विभिन्न उपसमितिका संयोजकहरुले आफ्नो समितिको कार्य प्रगति प्रतिवेदन पेश गरेका थिए । महोत्सवमा प्रमुख अतिथि लगायतका महानुभावहरुलाई निमन्त्रणा गर्न र व्यवसायीक प्रतिष्ठानहरुसँग भेटघाट तथा प्रचारप्रसार गर्नका लागि महोत्सव मुल समारोहका संयोजक कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा आर्थिक समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठ, सचिवालय समितिका संयोजक कृष्णप्रसाद पोखरेल लगायतको टोली काठमाण्डौ जाने वैठकले निर्णय गरेको छ । त्यस्तै प्रचारप्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद पाण्डेको संयोजकत्वमा पत्रकार सहितको एक टोली भोली नै क्षेत्र नं. १ को रुद्रवेणी, खैरेनी, भार्से तथा क्षेत्र नं. २ को गौडाकोट, विरवास, रिडी, खर्ज्याङ, चारपाला लगायत जिल्लामा रहेका विभिन्न स्थानहरुको अवलोकन तथा भ्रमण गर्नुका साथै त्यसको जानकारी लिने निर्णय वैठकले गरेको छ।
समितिले गुल्मी महोत्सव २०६८ लाई सफल वनाउन सवै पक्षवाट सहयोग पुर्याउन आग्रह समेत गरेको छ । महोत्सव यही वैशाक ४ गतेदेखि ७ गतेसम्म हुन गईरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग