Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली विषयमा १९ परिक्षार्थी निश्कासित

Published on 3:53:00 PM //


घनश्याम गौतम
प्रवेशिका परिक्षाको दोस्रो दिन नेपाली विषयमा जिल्लाका विभिन्न केन्द्रबाट १९ परिक्षार्थी निश्कासित भएका छन् ।
नेपाली विषयको परिक्षामा विद्यार्थीले मर्यादा विपरित काम गरेको भन्दै महेन्द्र आदर्श उच्च मावि वामीकेन्द्रबाट १, उदय उच्च मावि शान्तिपुर केन्द्रबाट ५, जनता उच्च मावि अस्लेवा केन्द्रबाट ३, नेरा सर्वोदय मावि पौदीअमराई केन्द्रबाट ३, अर्जै उच्च मावि अर्जै केन्द्रबाट ३, मालिका उच्च मावि केन्द्र बाट ४ परिक्षार्थी निश्कासित भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले बताए ।
यस वर्षको एसएलसी परिक्षामा जिल्लाका २८ परिक्षा केन्द्रमार्फत ४ हजार ५ सय २३ नियमित सहित ७ हजार ३ सय २५ विद्यार्थी सहभागी भएका छन् । अंग्रेजी विषयको परिक्षामा १३ विद्यार्थी निश्कासित भएकोमा नेपालीमा निश्कासित हुनेहरुको संख्या बढेको जिशिअ भुसालले बताए । अधिकांश केन्द्रमा केन्द्राध्यक्ष र निरिक्षकहरुले भन्दा शिक्षा कार्यालयबाट खटिएका कर्मचारीहरुले परिक्षामा अमर्यादित कार्य गर्ने विद्यार्थीहरुलाई निश्कासित गर्ने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष परिक्षा बढी मर्यादित भएको जिशिअ भुसालले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग