Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गीत संगीत अनुगमन टोली गुल्मीमा

Published on 4:01:00 PM //


शिबलाल सुबेदी
गित र संगीतको नयाँ प्रबिधी पेन ड्राइभ र मेमरी कार्डको बजार अनुगमन समितीको एक टोली आज गुल्मीको सदरमुकाम तम्घास आईपुगेको छ ।

टोलीले बजारमा माईकीङ्ग, र पोष्टर पप्पेलिटिङ्गको कार्यक्रम पनि राखेको जनाएको छ । टोलीमा राष्ट्रिय दोहोरी गित प्रतिष्ठानका पदाधिकारीहरु, संगीत उद्योग संघका पदाधिकारीहरुको सहभागीता रहेको छ । गीत संगीत सक्कली मेमरी कार्ड र पेन ड्राइभमा बजारमा आईपुगेकाले श्रोताहरुलाई जानकारी गराउनका लागि उक्त टोली पश्चिमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास श्रेत्र र सुदुर पश्चिमाञ्चल विकास श्रेत्रको यात्रा लिएर हिडेको टोलीका संयोजक पदम बुढाले जानकारी दिनुभएको छ । सक्कली क्यासेट किनेर सुन्न समेत टोलीले सबैलाई अनुरोध गरेको छ । मेघा कलेक्स म्युजिक नेपाल मार्फत बजारमा आएको पेन डाइभ र मेमरी कार्डबाट सयौ भन्दा कम्पनीहरुको गीत सगीत सुन्न पाईने बताइएको छ । टोलीमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष चन्द्र शर्मा, कोषाध्यक्ष तथा लोक दोहोरी गायक कुष्ण देवकोटा, संगीत उद्योग सघंका केन्द्रिय महासचिव पदम बुढा, र सगरमाथा डिजीटल प्रालिका सञ्चालन हिरा के.सी. लगायत रहनु भएको छ । टोलीले आज गुल्मी सदरमुकाम तम्घासमा बिभिन्न कार्यक्रमहरु राखेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग