Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी तारा २०६८को प्रथम अडिसन सम्पन्न

Published on 5:23:00 PM //

जनार्दन घिमिरे
प्रथम गुल्मी महोत्सवको अवसर पारेर "रम्बा गुल्मी तारा २०६८"" खोजी कार्य शुरु भएको छ ।
यही वैसाख ४ देखि ११ गतेसम्म संचालन हुन लागेको प्रथम गुल्मी महोत्सवको अवसरमा रम्बा गुल्मी तारा २०६८ खोजी अभियान अन्तर्गत आज गुल्मीको श्रृङ्गामा प्रथम अडिशन राउण्ड सम्पन्न भएको छ ।
जिल्लाका ग्रामिण क्षेत्रमा लुकेर रहेका आधुनिक गीतका प्रतिभाहरुको खोजी गरि एकजना उत्कृष्ट प्रतिभालाई गुल्मी महोत्सवमा प्रथम रम्वा गुल्मीतारा २०६८ घोषणा गर्ने उद्देश्यले उक्त अडिसन राउण्ड शुरु गरिएको हो । अडिशन राउण्डको प्रथम चरणमा उपस्थित भएका १५ जना सहभागिहरु मध्य आज प्रथम चरण अन्तर्गत पाँचजना सहभागिहरुलाई दोश्रो चरणकोलागि छनौट गरिएको छ । यसरी छनोटमा पर्ने सहभागिहरुमा पवन परियार, प्रसादथापा खप्तरी मगर, कमल थापा, मदन न्यौपाने र अनिता राना मगर रहनु भएको छ । 
आज छनौट गरिएका सहभागिहरु यही चैत २१ गते सदरमुकाम तम्घासमा आयोजना गरिने दोश्रोचरणको अडिसन राउण्डमा भाग लिने अवसर पाउने भएका छन् । उक्त कार्यक्रममा गुल्मी महोत्सव सांस्कृतिक उप समितिका संयोजक अनुप श्रेष्ठको नेतृत्वमा सदस्यहरु महेश काउछा, भरत भलामी, सन्तु थापा, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, रेडियो रुरुका इस्टेसन म्यानेजर युगराज वस्याल लगायतका व्यक्तिहरुको विषेश सहभागिता रहेको थियो ।
 रम्वा गुल्मी तारा २०६८ खोजी अभियान अन्तर्गत यही चैत १७ गते सदरमुकाम तम्घासमा प्रथम चरणको अन्तिम अडिसन राउण्ड सम्पन्न हुने र २१ गते सदरमुकाम तम्घासमा दोश्रो चरणको अडिशन राउण्ड शुरु गरिने जनाईएको छ । दोश्रो चरणमा छनौट गरिने ८ जना सहभागिहरु मध्ये गुल्मी महोत्सवको अवशरमा प्रत्येक दिन एकएक जना सहभागिहरु प्रतिस्पर्धावाट वाहिरिने र अन्तिम दिनमा छनौटमा पर्ने एकजना सहभागिलाई प्रथम रम्वा गुल्मी तारा २०६८ घोषणा गरिने सांस्कृतिक उप समितिका संयोजक अनुप श्रेष्ठले जानकारी दिनु भएको छ ।
 यसरी उत्कृष्ट हुने गुल्मी तारालाई आकर्षक पुरस्कारवाट सम्मान गर्नुका साथै चर्चित संगितकार बिजु बज्रद्वारा बज्र क्रियशनवाट निशुल्क रुपमा एउटा गीत समेत रेकर्ड गरिने भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग