Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जवरजस्ती लोला हान्नेलाई कार्वाही

Published on 12:14:00 AM //

पि.एम.मगर
जिल्ला प्रहरी कार्यालय गुल्मीले भोली परेको होली पर्वका क्रममा कसैको इच्छा बिपरित रङ्ग दल्ने वा लोला हान्ने जो कसैलाई पनि कार्वाही गर्ने बताएको छ ।

छतबाट लोला प्रहार गर्दै एक युवती । तस्बिर: माइसंसार
होलीको पूर्वसन्ध्यामा प्रहरीले बजार र यस आसपासका क्षेत्रमा मितव्ययी तरिकाले चाडपर्व मनाउने सर्वसाधरणको अधिकार भएपनि जवरजस्ती अविर दल्ने र लोला हान्नेलाई भने कानुन बमोजिम कार्वाही गर्ने बताएको हो होली मान्ने कि नमान्ने व्यक्तिको इच्छाको कुरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पदमप्रसाद सुवेदीले कसैले उच्छृङखल तवरले लोला हानेर कसैलाई दुःख दिन्छ भने प्रहरीलाई त्यसलाई कानुनी दायरामा ल्याउने वताउनुभएको छ । 
सभ्य र मर्यादित तवरले होली मनाउन आग्रह गर्दै प्रहरीले कसैको इच्छा बिपरित जवरजस्ती रङ्ग दल्ने र लोला हान्ने कार्य नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । होली पर्व भनेको भाईचारा मित्रताको नाताले मितव्ययी तरिकाले मनाउने पर्व भएकाले यसलाई सोही हिसावले लिन समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि हर्ष र उल्लासका साथ होली पर्वलाई मर्यादित र सौहार्दपुर्ण रुपमा मनाउन सबैलाइ आग्रह गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग