Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोटो सहीतको मतदाता नामावली सकंलन हुने

Published on 6:32:00 PM //

शिबलाल सुबेदी
फोटो सहितको मतदाता नामावली संकलन कार्य नेपालको लागि अत्यन्त अनुसाशित र सहानिय भएको आज सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
यो प्रक्रियाबाट शुद्ध रुपमा नेपालकै नागरिकले मतदान प्रक्रियामा भाग लिन पाउने हुँदा प्रभावकारी हुने पनि उनिहरुले दावी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा फोटो सहितको मतदाता नामावली संकलन सम्बन्धी जिल्ला स्तरिय अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
मतदाताको वास्तविक पहिचान गरी मतदानलाई स्वतन्त्र, स्वच्छ र विश्वसनिय बनाउन यो प्रक्रियाले अत्यन्त सहयोग गर्ने उनिहरुको भनाई रहेको थियो । तर कतिपय गाउँमा सुचनाको कमिले नागरिक छुट्ने सम्भावना पनि भएकोले यसको व्यापक प्रचार प्रसार गरी नागरीकलाई स्पष्ट जानकारी दिनुपर्नेमा उनिहरुले जोड समेत दिएका थिए । प्रमाण जुटेका कुनै पनि नागरिकलाई यसबाट वञ्चीत गराउन नहुने भन्दै यो कार्यमा सहयोग गर्नु सबैको दायित्व भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
जिल्ला निवार्चन कार्यालय गुल्मीका कार्यालय प्रमुख गणेश बहादुर खत्रीले फोटो सहीतको मतदाता नामावली सकंलन बारेमा जानकारी गराउनु भएको थियो । उहाँले यहि चैत्र १५ गते देखि २०६८ जेठ ३० गते सम्म जिल्लाका ७९ गाविसका १ सय २२ स्थानमा सकंलन केन्द राखेर मतदाता सकंलन गर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, सरकारी कार्यलयका प्रतिनिधी, जिल्लामा क्रियाशिल सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला स्तरिय सहयोग समन्वयन तथा अनुगमन सयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कुष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रशिक्षक शकंर प्रसाद पन्तले गर्नुभएको थियो भने सञ्चालन उक्त कार्यक्रमको सञ्चालन जिल्ला निवार्चन कार्यालय गुल्मीका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग