Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुटे भैंसी व्यापारी

Published on 12:09:00 AM //

पी.एम.मगर
मासु व्यवसायका लागि गाउँवाट भैसी खरिद गरि लैजादै गरेको अवस्थामा हिजो पक्राउ परेका गुल्मीको जोहाङ्ग गाविसका दुई जना भैंसी व्यापारीलाई प्रहरीले आवश्यक कारवाही पछि छाडेको छ ।
मासु व्यवसायका लागि लैजादै गरिएको ४ भैसी सहित पक्राउ परेका गुल्मी जोहाङ्ग ७ का अविनाश परियार र वाग्लुङ्गको खर्वाङ्गमा मासु व्यवसाय गर्दै आएका जोहाङ्ग ७ कै विक्रम परियारलाई आवश्यक अनुसन्धान तथा कारवाही पछि छाडिएको हो । टाहाटीम दुग्ध सहकारी संस्थालाई प्रति भैसी १ हजार रुपैयाँका दरले ४ हजार रुपैयाँ वुझाई पक्राउ परेका भैसीलाई पालनका लागि सहकारी संस्थाका अध्यक्ष कुलचन्द्र पुरीलाई जिम्मा लगाई उनीहरुलाई आज स्थानीय दलका प्रतिनिधी, शिक्षक, पत्रकार तथा स्थानीयवासीको रोहवरमा परिवारजनलाई जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय जोहाङ्गका हवल्दार काजीमान श्रेष्ठले जानकारी दिनुभएको छ । गुल्मीको वम्घा, वलेटक्सार, दिगाम लगायतका क्षेत्रवाट वाग्लुङ्गको खर्वाङ्गतर्फ भैसी लिएर जानेक्रममा वम्घा गाविस स्थित दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुले भैंसी सहित अविनाश परियारलाई पक्राउ गरेका थिए भने वाग्लुङ्गको खर्वाङ्ग वजारमा मासु व्यवसाय गर्दै आएका विक्रम परियारलाई खर्वाङ्ग प्रहरी र वामी प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय  जोहाङ्गमा वुझाएको थियो । उनीहरु विगत सात महिनादेखि मासुको व्यवसायका लागि गाउँ गाउँवाट भैसीहरु खरिद गरि विक्री गर्दै आईरहेको ईलाका प्रहरी कार्यालय जोहाङ्गलाई उदृध गर्दै सहकर्मी हेम त्यागीले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग