Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो एस.एल.सी, गुल्मीबाट १६० जना निष्कासित

Published on 2:18:00 PM //

आजमात्र १६ जनाको जाँच रद्द 
सञ्जु थापा 
गुल्मी जिल्लामा आज भएको ऐच्छिक प्रथम विषयको परीक्षामा गुल्मी जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १६ जना विद्यार्थीहरु निष्कासित भएको जिल्ला शिक्षा कार्यलय गुलमीले जनाएको छ ।
निष्कासित हुने परीक्षा केन्द्रहरुमा रीडी परीक्षा केन्द्रबाट ५ जना हसरा परीक्षा केन्द्रबाट १ जना शान्तिपुर परीक्षा केन्द्रबाट १ जना छापचौर परीक्षा केन्द्रबाट १ जना वामी परीक्षा केन्द्रबाट ३ जना तम्घास ग परीक्षा केन्द्रबाट १ जना दोहोलीबाट १ जना पुर्कोटबाट २ जना गरी १६ जना परीक्षार्थी निष्कासित भएका छन । चैत्र १० गतेबाट शुरु भएको एस एल सी परीक्षामा आजसम्म १५९ जना विद्यार्थीको एक विषय परीक्षा रद्ध भएको छ भने १ जना विद्यार्थीको परीक्षा रद्ध भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुषालले जानकारी दिनुभएको छ ।
चैत्र १० गतेबाट शुरु भएको एस एल सी परीक्षा आजबाट सकिएको छ । परीक्षाको अन्तिम दिन ऐच्छिक द्धितीय विषयको पीिक्षामा ४ लाख ९६ हजार २४३ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । नियमिततर्फ ४ लाख ३६ हजार ४११ र एक्जामटेडतर्फ५९ हजार ८३२ जना परीक्षार्थी सहभागी रहेका छन । देशभर संञ्चालन भएको परीक्षाको लागि १ हजार ६७२ परीक्षा केन्द्र राखिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग