Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो गुल्मी महोत्सवको चहलपहल

Published on 8:41:00 PM //

जनार्दन घिमिरे
प्रथम गुल्मी महोत्सव नजिकिंदै जानेक्रममा यतिवेला सदरमुकाम तम्घासमा चहलपहल दिनानुदिन वढ्दै जान थालेको छ ।
महोत्सवलाई कसरि सफल वनाई गुल्मी जिल्ला र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुलाई प्रचारप्रसार गर्ने भन्ने उद्देश्यले गुल्मीवासहिरु आआफ्नो क्षेत्रवाट महोत्सवको तयारीमा जुटिरहेका छन् । यसै क्रममा होटल व्यवसायी मञ्च गुल्मीको आयोजनामा आज सदरमुकाम तम्घासमा वृहद अन्तर्कृया कार्यक्रम आयोजना गरियो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा आयोजित उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथि गुल्मी महोत्सव मुल समारोह समितिका संयोजक कृष्णप्रसाद भण्डारीले यो महोत्सव गुल्मीको भाग्य र भविष्यसँग गासिएको उल्लेख गर्दै महोत्सव सफल भएमा जिल्लाको आर्थिक, धार्मिक, साँस्कृतिक,पर्यटकिय र ऐतिहासिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने वताउनु भएको थियो ।
कार्यक्रममा संयोजक भण्डारीले महोत्सवको अवसरमा होटल व्यवसायीहरुले आआफ्नो होटलमा आउने अतिथिहरुलाई गर्नु पर्ने व्यवहार र होटलमा सुधार गरिनु पर्ने पक्षहरुको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपस्थित भएका होटल व्यवसायीहरुले महोत्सवको अवसरमा पानी, ग्यास, शान्ति सुरक्षा, विजुली आदिका विषयमा आ-आफ्ना धारणाहरु राख्नु भएको थियो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा होटल व्यवसायी मञ्चका अध्यक्ष युवराज भण्डारीले तम्घासका होटलहरुलाई अवका दिनहरुमा होटलको रुपमा मात्र हैन होम स्टेको रुपमा विकास गर्दै जानु पर्ने वताउनु भएको थियो । उहाँले सेवाग्राहिहरु सधै स्वच्छ र सफा ठाउँको खोजीमा हुने भएकोले आफ्ना होटलहरु सधै सफा राख्नु पर्ने वताउनु भयो । कार्यक्रममा गुल्मी महोत्सव आर्थिक समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले महोत्सवले यस क्षेत्रको विकास र व्यवसायीहरुको आर्थिक क्षेत्रमा समेत सहयोग पुराउने वताउनु भएको थियो ।
कार्यक्रममा नेल्टा गुल्मीका अध्यक्ष कुञ्जनमणि गौतमले पनि आफ्नो धारणा व्यक्त गर्दै महोत्सवलाई साच्चिकै महोत्सवमय वनाउनु पर्ने वताउनु भयो । कार्यक्रममा नेपाल पर्यटन वोर्डले महोत्सवलाई मध्यनजर गर्दै केहीदिन भित्रमा ३५ जना होटल व्यवसायीहरुलाई तम्घासमा तालीम समेत उपलव्ध गराउने जनाईएको छ । गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेल, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक एवं नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन होटल व्यवसायी मञ्चका सचिव मुकुन्दहरी गौतममले गर्नु भएको थियो । 
त्यसैगरि आज पाल्पा लुम्विनि मेडिकल कलेज संचालक समितिका अध्यक्ष गोपाल पोख्रेलको नेतृत्वमा डाक्टरहरु सहित गुल्मी आएको टोलीले महोत्सवका आयोजकहरुसँग भेटघाट गरि छलफल गरेको छ । छलफलको क्रममा यही वैसाख ४ गतेदेखि तम्घासमा संचालनहुन लागेको वृहद स्वास्थ्यशिविरमा आफुहरुको तर्फवाट पूर्ण सहयोग रहने टोलीका संयोजक पोख्रेलले वताउनु भयो । टोलीले स्वास्थ्य शिविर समितिका संयोजक शेरवहादुर थापासँग भेटगरि शिविर संचालनकालागि गर्नु पर्ने कामहरुको वारेमा जानकारी आदान प्रदान समेत गरेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग