Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्लुङमा मृत अवस्थामा फेला परे गुल्मीका प्रधानाध्यापक

Published on 11:58:00 PM //

सीता भण्डारी,
गुल्मीको अर्खवाङ्गका एक ब्याक्ती वाग्लुङको दर्लिङमा मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको अर्खवाङ्ग ९ घर भई वाग्लुङको राजपुत गाविसको कुडुला गाउँमा रहेको पञ्चासे देउराली प्राविमा प्रधानाध्यापक रहेका ५५ वर्षीय सन्तवहादुर केसी मृत अवस्थामा फेला परेका हुन् । शनिवार साँझ दर्लिङ्ग खोलाको एक होटलमा वास बसेको र विहान चिया पिई हिडेका केसी वागलुङ्गको दर्लिङ ३ मौरीभिरमा मृत अवस्थामा फेला परेको वुर्तिवाङ्ग प्रहरीले जनाएको छ । 
मृतक केसी वुर्तिवाङ्ग स्रोत केन्द्रवाट तालिम सकेर घरतर्फ फर्कदै गरेको वताईएको छ । केसीको देव्रे खुट्टा भाँचिएको र शरिरमा चोट देखिएकोले कसैले हत्या गरेको हुनसक्ने मृतकका भाई कृष्ण केसीले आशंका गरेका छन् । शव पोष्टमार्टमका लगि वुर्तिवाङ्ग पुर्याईएको र घटनाको थप अनुसन्धान गर्न वुर्तिवाङ्गवाट प्रहरीको टोलि घटनास्थल तर्फ लागेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग