Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क योग विज्ञान शिविर संचालन

Published on 4:33:00 PM //

जनार्दन घिमिरे

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सवको पूर्वसन्ध्यामा आजदेखि नि:शुल्क रुपमा योग विज्ञान शिविर संचाल भएको छ ।
गुल्मी जिल्लाका प्रत्येक गाउँ विकास समितिहरुमा एक एक जना योग प्रशिक्षक तयार गर्ने उद्देश्यले उक्त योग शिविर संचालन गरिएको हो । जिल्ला विकास समिति गुल्मीको १ लाख आर्थिक स्रोतमा पतञ्जली योग समिति नेपाल, गुल्मी र जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा सदरमुकाम तम्घासमा उक्त एक हप्ते योग विज्ञान शिविर संचालन गरिएको हो । शिविरमा पतञ्जली योग समिति नेपालकि केन्द्रिय अध्यक्ष हेमा ढुङ्गानाले प्रशिक्षण दिनु भएको छ ।
गुल्मी महोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा योग गुरु रामदेववाट प्रतिपादित दैनिक ६० वटा प्याकेजहरु सिकाउने गरेको पतञ्जली योग समिति गुल्मीका अध्यक्ष शुरेसचन्द्र भुसालले वताउनु भयो । प्रत्येक दिन विहान ५ वजेदेखि ७ वजेसम्म संचालन हुने उक्त योग शिविरमा जिल्लाका सरकारी निकायका प्रमुखहरु,राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, सामाजिक सघं सस्थाका प्रमुख तथा स्थानीय उद्योगि, व्यापारी र सर्वसाधारण गरि २ सय भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको छ । 
उक्त योग शिविर वाट जिल्लामा १ सय जना प्रशिक्षक तयार गरिने र तिनी प्रशिक्षकहरुले गुल्मीका प्रत्येक गाविसमा पुगेर योग विज्ञान शिविर संचालन गर्ने वताईएको छ । शिविरमा पतञ्जली योग समिति नेपालका लुम्विनि अञ्चल अध्यक्ष इश्वरी पन्थी र महिला अध्यक्ष शान्ता खत्रीले समेत सहजिकरण गर्नु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग