Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सव तैयारी र आगामि कार्यक्रमको वारेमा छलफल

Published on 3:19:00 AM //

जनार्दन घिमिरे
प्रथम गुल्मी महोत्सव नजिकिंदै जानेक्रममा यतिवेला सदरमुकाम तम्घासको चहलपहल दिनानुदिन वढ्दै जान थालेको छ ।
बैशाख ४ देखि ११ गते सम्म संचालन हुन लागेको प्रथम गुल्मी महोत्सवलाई कसरि सफल वनाई गुल्मी जिल्ला र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुलाई प्रचारप्रसार गर्ने भन्ने उद्देश्यले गुल्मीवासहिरु आआफ्नो क्षेत्रवाट महोत्सवको तयारीमा जुटिरहेका छन् । यसै क्रममा गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सनिवार तम्घासमा सम्पन्न वृहत भेलामा महोत्सव तैयारी र महोत्सवमा संचालन गरिने आगामि कार्यक्रमको वारेमा व्यापक छलफल भएको थियो ।
महोत्सव मुल समारोह समितिका पदाधिकारी, विभिन्न उपसमितिका संयोजकहरु, गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी,व्यापारी,वुद्धिजिवि र स्थानीयवासी, विभिन्न संघसंस्था र संचारकर्मिहरुको व्यापक उपस्थिति रहेको भेलामा महोत्सव सफल वनाउन हालसम्म भए गरेका प्रगतिका वारेमा समिक्षा गर्नुका साथै वाँकि रहेका कामहरुलाई सवैले सक्रियता साथ लागेर महोत्सव सफल बनाउनु पर्नेमा जोड दिईएको थियो । 
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता सम्पन्न वृहद अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथि स्थनीय विकास अधिकारी दीपेन्द्रराज पौड्यालले महोत्सव सफल वनाउनका लागि जिल्ला विकास समितिको तर्फवाट कुनै कसुर वाँकि नराखी पुर्णरुपले सहायोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक कृष्णप्रसाद भण्डारीले यो महोत्सव गुल्मीको भाग्य र भविष्यसँग गासिएको उल्लेख गर्दै महोत्सव सफल भएमा जिल्लाको आर्थिक, साँस्कृतिक, धार्मिक,पर्यटकिय र ऐतिहासिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने वताउनु भएको थियो ।
कार्यकममा गुल्मी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं महोत्सव आर्थिक समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठ,अतिथि सत्कार समिति संयोजक नन्दराम भुसाल, पर्यटकीय स्थल तथा कला संस्कृति पहिचान समितिका संयोजक भुवनप्रसाद श्रेष्ठ, नगर तथा मेलास्थल सरसफाई समितिका संयोजक हरिकुमार श्रेष्ठ,सरसफाई समिति एवं महिला प्रतिनिधिको तर्फवाट लक्ष्मी पाण्डे लगायतले आ-आफ्नो समिति तथा उपसमितिले गरेका कामको प्रगति र आगामि दिनमा गनृपर्ने कामको वारेमा जानकारी गराउनुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले महोत्सव सफल पार्न सवै एकजुट हुनु पर्नेमा जोड दिएका थिए । उक्त अन्तर्कृया कार्यक्रमको सञ्चालन गुल्मी उद्योगवाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग