Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहमतिपछी ताला खुल्यो

Published on 1:58:00 PM //

सीता भण्डारी,
विगत दुई महिनादेखि स्वास्थ्य तथा शारिरिक विषयको शिक्षक नियुक्ती नगरेको भन्दै रेसुङ्गा वहुमुखि क्याम्पस तम्घास गुल्मीमा विधार्थीहरुले लगाएको अनिश्चितकालिन तालावन्दी सहमति पछि खुलेको छ ।
विद्यार्थीको मागको विषयमा छिट्टै छलफलगरी विषय शिक्षक नियुक्ती गर्नेवारेमा क्याम्पस प्रसाशन र विधार्थी विच सहमति भएपछि ताला खुलेको क्याम्पस प्रमुख चन्द्र कान्त पन्थीले जानकारी दिनुभएको छ । शिक्षक नियुक्तीका लागि विधार्थीहरुले पटकपटक आग्रहगर्दा पनि आफहरुको मागलाई वेवास्ता गरेको भन्दै स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विधार्थीहरुले हिजो विहान क्याम्पस प्रशासनमा तालावन्दी गरेका थिए । तालावन्दीका कारण शिक्षासंकाय तर्फको पठनपाठन समेत प्रभावित भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग