Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियोकर्मीमाथी आक्रमण, कडा कार्वाहीको माग

Published on 4:31:00 PM //

  • मदिराले मात्तिएका उछ्रिङ्खल यूवाहरुद्वारा आक्रमण
  • स्थानिय बासिन्दाले बचाए
  • सञ्चारकर्मीहरुद्वारा आक्रमणको घोर भ्रत्सर्ना 

शिबलाल सुबेदी
तम्घासमा मदिरा सेवन गरी उच्छृङ्खल कृयाकलाप गर्दै हिडेका केही यूवाहरुले गएराती सामुदायीक रेडियो स्काईका २ जना सञ्चारकर्मीहरुमाथी कुटपिट गरेका छन् ।
गएराती रेडियोकोमा काम गरी खाना खानको लागी कोठामा जाँदै गर्दा रेडियो स्काईका प्राविधिक गंगाराम पाण्डे र कार्यक्रम सञ्चालक वद्री थापालाई तम्घास धागीथुमका अर्जुन र किरण राजभण्डारी लगायतको १०/१२ जनाको समूहले मोटरसाईकल रोकि आक्रमण गरेको हो । खाना खान कोठमा जाने क्रममा तम्घास १ क्याम्पस रोडमा मदिरा सेवन गरी मात्तिएका ति उछ्रिङ्खल यूवाहरुले आक्रमण गरेपछि हार गुहार गरेका सञ्चारकर्मीहरुलाई स्थानिय बासीन्दाको सहयोगमा बच्न सफल भएका थिए ।
सञ्चारकर्मीहरुमाथी भएको आक्रमण प्रति नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र सञ्चारकर्मीहरुमाथी एक्कासी आक्रमण गरेको घटनाको हामी घोर भ्रत्सना गर्दै यस्ता उछ्र्रिङ्खल यूवाहरुको गैर जिम्मेवारपूर्ण क्रियाकलाप तुरुन्त रोक्न र सञ्चारकर्मीमाथी आक्रमण गर्नेहरुलाई यथाशिघ्र पक्राउ गरी तुरुन्त कार्वाही गर्न माग गरीएको छ । महासंघका सचिव भरत पाण्डेयद्धारा जारी विज्ञप्तीमा यस्ता उछ्रिङ्खल यूवाहरुको कृयाकलापले सञ्चारकर्मी लगायत सर्वसाधारणलाई समेत रातको समयमा हिडडुल गर्न र पसल सञ्चालन गर्न समस्या भएको भन्दै यस्ता कृयाकलाप गर्नेहरुलाई कडा कार्वाही गर्न माग गरीएको छ ।  
रेडियो स्काई सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी तथा रेडियो संयोजक जिडी जोन्स रीयाजले पनि आक्रमणको घोर भ्रत्सना गर्दै दोषीमाथी यथाशिघ्र कार्वाहीको माग गर्नुभएको छ । यसैगरी प्रेस चौतारी नेपालका उपाध्यक्ष लोकनाथ आचार्य, क्रान्तिकारी पत्रकार संघका संयोजक प्रेम सुनार लगायतले समेत विज्ञप्ती जारी गर्दै यस्ता अभद्र र उछ्रिङ्खल कृयाकलापको भ्रत्सना गर्दै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरीएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग