Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको उद्घाटन प्रधानमन्त्रीबाट, थुप्रै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

Published on 2:27:00 PM //

जनार्दन घिमिरे
गल्मी जिल्लामा यही वैशाख ४ गतेदेखि शुरु हुने प्रथम गुल्मी महोत्सवको उद्घाटन प्रधानमन्त्री झलनाथ खनालले गर्नु हुने भएको छ । 

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष एवं गुल्मी महोत्सव मूल समारोह समितिका संयोजक कृष्णप्रसाद भण्डारीका अनुसार महोत्सव उद्घाटनकालागि प्रधान मन्त्रीलाई निमन्त्रणा गरिएको र उक्त निमन्त्रणा अनुसार प्रधानमन्त्री खनाल महोत्सव उद्घाटनकालागि आउने निश्चित भएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री र समापन एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष वावुराम भट्टराईले गर्नु हुने वताईएको छ । 
त्यसैगरी महोत्सब अवधिभर देशका चर्चित गायक-गायीका, कलाकार, बाद्यबाधक आदिको बेजोड प्रस्तुती रहने भएको छ । यसका लागि कलाकार तथा गायक गायिकाहरु दिलिप रायमाझी, जितु नेपाल, रामकृष्ण ढकाल, सिन्धु मल्ल, रामचन्द्र काफ्ले, राजु पारीयार, पुरुषोत्तम न्यौपाने, बम बहादुर कार्की, शिवा आले, शिला आले, देवी घर्ती, कौस्तुप पन्त, प्रमोद कंडेल, श्री थापा "लाहुरे दाई", सुरेन्द्र केसी "मुलाको साग", कमल गाउँले "बलाराम", आरपी भट्टराई "राजाराम", अन्जु पौडेल, पुनम श्रेष्ठ, सन्तु थापा, रेश्मा सुनुवार, शिवशंकर रिजाल, टिका पुन लगायत थुप्रै राष्ट्रिय कलाकारहरु गुल्मी जाँदै हुनुहुन्छ ।    

प्रथम गुल्मी महोत्सव नजिकिंदै जानेक्रममा यतिवेला सदरमुकाम तम्घास वजार तुल र व्यानरहरुले रंगिचंगिमय वन्न थालेको छ । ग्रामिण क्षेत्रका मुख्य मुख्य स्थानहरुमा समेत यतिवेला गुल्मी महोत्सवको चहलपहल वढ्दै गएको छ । महोत्सवको अवसर पारेर महोत्सवको पूर्व सन्ध्यामा पतञ्जली योग समिति नेपाल गुल्मी र जिल्ला आर्यूवेद कार्यालयको आयोजनामा तम्घासमा निशुल्क योग विज्ञान शिविर समेत संचालन गरिरहेको छ । त्यसैगरि महोत्सवको पूर्व सन्ध्यामा यही चैत २६ र २७ गते आशा अपांग केन्द्र गुल्मीको आयोजनामा तम्घासको वालमन्दिरमा निशुल्क रुपमा कृतिम हात खुट्टाहरु, वैशाखी, ह्वील चेयर र जुत्ताहरु वितरण गर्ने कार्यक्र रहेको केन्द्रकि उपाध्यक्ष गंगा रायमाझीले जानकारी दिनु भएको छ ।
बैशाख ४ देखि ११ गते सम्म संचालन हुन लागेको प्रथम गुल्मी महोत्सवलाई कसरि सफल वनाई गुल्मी जिल्ला र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुलाई प्रचार प्रसार गर्ने भन्ने उद्देश्यले गुल्मीवासहिरु आआफ्नो क्षेत्रवाट महोत्सवको तयारीमा जुटिरहेका छन् । यसै क्रममा गुल्मी उद्योग वाणिज्य संघ र महोत्सव मूल समारोह समितिको आयोजनामा तम्घासमा दिनहु वैठक र छलफल कार्यक्रम समेत गरिरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग