Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भुतपुर्व सैनिक सघं गुल्मीमा कुवँर

Published on 3:22:00 PM //

शिबलाल सुबेदी
भुतपुर्व सैनिक सघं गुल्मीको चौथौ अधिबेशनले लोक बहादुर कुवँरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न चौथो अधिबेशनबाट उपाध्यक्षमा देव बहादुर बस्नेत, हुकुम बहादुर कुवँर, र लालबहादुर थापा रहनु भएको छ भने सचिवमा जंग बहादुर कुवँर, सह सचिवमा गोपाल प्रसाद पाण्डे, कोषाध्यक्षमा लाल बहादुर कुवँर लगायत २५ सदस्यीय रहनु भएको छ । भुतपुर्व सैनिक सघंका केन्द्रिय सचिवको प्रमुख आथित्यता रहेको उक्त अधिबेशनले शेर बहादुर टन्डन, लालबहादुर दर्लामी, टेक बहादुर क्षेत्री, मणिराम थापा र केशर सिहं सारुलाई केन्द्रिय प्रनिनिधीको रुपमा चयन गरेको छ । नेपाल भुतपुर्व सैनिक सघं जिल्ला कार्य समिती गुल्मीका अध्यक्ष सुबेदार केशर सिहं सारुको अध्यक्षतामा सम्पन्न अधिबेशनमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, प्रहरी नायव निरिक्षक पदम प्रसाद सुबेदी, कालिदत्त गुल्मका सह सेनानी सुरेन्द्र जङ्ग थापा, बिभिन्न राजनितीक दलका प्रतिनिधी, जिल्लाका सरकारी कार्यलयका प्रतिनिधी, जिल्लामा रहेका सम्पुर्ण भुतपुर्व सैनिकहरुको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग