Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालिका बलात्कार गर्नेलाई साढे १० बर्ष जेल

Published on 10:31:00 PM //

बहुबिवाह गर्ने जोडी पनि जेल चलान
पी.एम.मगर

जिल्ला अदालत गुल्मीले वालिका वलत्कारको अभियोगमा गुल्मी तमघासका एक व्याक्तिलाई १० वर्ष ६ महिनाको जेल सजायँको फैसला गरेको छ ।

गत बैशाख महिनामा गुल्मीको मर्भुङ गाविस १ सिमलटारीमा स्थानीय एक तीन वर्षीय वालिकालाई वलात्कार गरेको अभियोगमा पक्राउ परेका तमघास ८ वेतुखर्क निवासी अन्दाजी ३५ वर्षीय इश्वरीप्रसाद उपाध्य पन्थीलाई अदालतले यस्तो सजाँय सुनाएको हो । वालिका वलात्कार गरी फरार भनिएका पन्थीलाई तत्काल स्थानीय युवाहरुले पक्राउ गरि प्रहरीलाई वुझाएका थिए । हालसम्म उनी मुद्धा पुर्पक्षका लागि थुनामा रहे पनि आज जिल्ला न्यायधिष खडानन्द तिवारीको इजलासले पन्थीलाई कसुरदार ठहर गरी १० वर्ष ६ महिना जेल सजायँको फैसला सुनाएको हो ।
यसैवीच आजै जिल्ला अदालत गुल्मीले वहुविवाह गर्ने गुल्मी पराल्मी गाविसका एक जोडीलाई जेल चलान गरेको छ । यही चैत्र ९ गते कान्छी पत्नीका रुपमा घर भित्राउने पराल्मी गाविस वार्ड नं. ५ निवासी मानवहादुर सुनार र कान्छी पत्नीलाई अदालतले ५३ हजार धरौटी वुझाउन नसकेपछि एक वर्ष कारावास सजायँको फैसला गरेको अदालत श्रोतले जनाएको छ । उनीहरुलाई सुनारकी जेठी पत्नी शान्ति सुनारले वहुविवाहको मुद्धा दिएपछि अदालतले यस्तो फैसला सुनाएको हो । सुनारको जेठी पत्नीतर्फ ६ सन्तान रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग