Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा सडक बत्ती बिस्तार

Published on 3:25:00 PM //

सीता भण्डारी
गुल्मीको सदरमुकाम तम्घास बजारको पुतली बजार, मिलनचोक , नयाँ जिप पार्क लगायतका क्षेत्रहरुमा सडक बत्ती बिस्तार भएको छ ।

रेसुङ्गा सामुदायिक सेवा समाजको आयोजनामा भएको उक्त सडक बत्तीको उद्योग बाणिज्य सघं गुल्मीका पुर्व अध्यक्ष तथा समाज सेवी नन्दराम भुसालले बत्तीको उद्घाटन गर्नुभएको थियो । यसरी बजारमा सडक बत्ती बलेपछि रातीमा हुने चोरी डकैटी लगायत अन्य अपराधिक घटनाहरुमा कमि आउने बताइएको छ भने रातीमा हिड्ने सर्वसाधारणहरुलाई सजिलो हुने भएको छ । रेसुङ्गा सामुदायिक सेवा समाजका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष कुष्ण भण्डारीले गर्नुभएको थियो ।

 सदरमुकाम तम्घासमा सडक बत्ती बिस्तार गरेको यो दोस्रो चरण हो । यसभन्दा पहिले जिल्ला कारगार, अस्पताल लाईन, लाकुरीमञ्च, पुरानो बजार लगायतका क्षेत्रहरुमा बिस्तार भएको थियो । तेस्रो चरणमा बजारका सम्पुर्ण क्षेत्रहरुमा सडक बत्ती बिस्तार गर्ने समाजका अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग