Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शारिरिक अपांगता भएका व्यक्तिहरुकालागि शिवीर सञ्चालन

Published on 7:00:00 PM //

पी.एम.मगर
शरीरिक अपाङ्गताका कारण दैनिक कार्यमा समस्या भोगीरहेका अपांग व्यक्तिहरुका लागि दैनिक कार्यमा सहजता पुराउने उद्देश्यका लागि गुल्मी र आसपासका जिल्लाका सम्पूर्ण प्रकारका शारीरीक अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने सहायक सामाग्री वितरण गर्न नापजाँच तथा फिजीयोथेरापी परामर्श शिवीर आजदेखि गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको छ ।
समाजकल्याण परीषद् अन्तर्गत राष्ट्रिय अपाङ्ग कोष भृकुटी मण्डप काठमाण्डौको आयोजना तथा ह्याण्डीक्याप ईन्टरनेशनल र आशा अपाङ्ग केन्द्र गुल्मीको समन्वयमा तम्घासको बालमन्दिरमा शारिरिक अपांगता भएका व्यक्तिहरुका लागि दुई दिने निःशुल्क शिवीर सञ्चालन भएको हो ।
शिवीर सञ्चालन भएपछि गुल्मी, बाग्लुङ्ग, अर्घाखाँची लागयतका जिल्लाका सम्पूर्ण प्रकारका शारीरिक अपाङ्गता भएका व्यक्तिहरु हिडडुल तथा विभीन्न कार्य गर्न सहयोगी सामाग्री लिनका लागी तम्घास आएका छन् । शिवीरमा अपाङ्गता भएकाहरुको लागी फिजीयोथेरापी परामर्श गर्नुका साथै कृत्रिम हातखुट्टा, लट्ठी, ह्विलचेयर लगायतका विभीन्न प्रकारका सामाग्रीको लागी नापजाँच गरीने र उक्त सामग्रीहरु निर्माण भएपछि जेठ ६ गते तम्घासमै वितरण गरीने टोली प्रमुख तथा नेपाल राष्ट्रिय अपाङ्ग परीषद् कोषका सभापति निमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
लामो समयदेखि अपाङ्गता भएर हिडडुल गर्न नसकेर दिशापिशाव गर्न समेत अरुको सहयोग लिनुपर्ने बाध्यतामा पिल्सीदै आएका अपाङ्गहरुलाई जिल्लामै पुगेर सेवा दिने र उनीहरुलाई बाँच्न र केही काम गर्नको लागी सहयोग पु¥याउन यो शिवीर सञ्चालन गरीएको आशा अपांग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले जानकारी दिनु भएको छ । शिवीरमा आज पहिलो दिन ५५ जनाको स्वास्थ्य परीक्षण तथा सहायक सामाग्रीका लागी नाप जाँच गरीएको राष्ट्रिय अपाङ्ग परिषद् कोषका सभापति बुढाथोकीले बताउनुभयो । 
आफूहरु अपाङ्ग भएर केही गर्न नसकिरहेको साथै आर्थिक अभावमा सहायक सामाग्री प्राप्त गर्न नसक्दा हिँडडुलको लागी समेत समस्या भोगीरहेको अबस्थामा जिल्ला भित्रै विशेष शिवीर सञ्चालन गरिएकोमा गुल्मी, बाग्लुङ्ग, अर्घाखाँची लगायतका सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिहरुले खुसी व्यक्त गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग