Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भु–उपयोग निती निमार्णमा सरोकारवालाहरुको जोड

Published on 11:54:00 PM //

पी.एम.मगर
भुमिसुधार तथा ब्यवस्थापन गर्नका लागि सम्पुर्ण क्षेत्रहरु एकजुट भएर लाग्नु पर्नेमा गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । 

भुमि सुधार तथा ब्यवस्था मन्त्रालयको आयोजनामा भुउपयोग निती निमार्णमा सरोकारवालाहरुको भुमिका बिषयका अन्त्तरकृया कार्यक्रम बोल्ने बक्क्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा एकीकृत नेकपा माओवादी राज्य समिती सदस्य बुद्धि जि.सी., नेपाली काग्रेस गुल्मीका सचिब बिष्णु बराल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा कार्यलय सचिव जगँ नेपाली, नेकपा मालेकी निर्मला पोखरेल, बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, समाजसेवी नागरिक समाजका प्रतिनिधी, सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो । 
अन्त्तरकृयामा बोल्ने सबै बक्ताहरुको भुमि सुधार गर्नका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता पर्ने बताएका थिए । भुउपयोग निती निमार्ण तथा भुमि सुधारको बारेमा भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका उपसचिव कलानिधी पौडेलले प्रकास पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका नापी अधिकृत केसवराज लेखकले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग