Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडक्रसमा पुनः श्रेष्ठ

Published on 7:02:00 PM //

घनश्याम गौतम 
नेपाल रेडक्रस सोसाईटीको शनिवार सम्पन्न २८ औं जिल्ला अधिेशवनले अनुपराज श्रेष्ठलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

आगामी तिन वर्षका लागि चयन गरिएको जिल्ला कार्यसमितिमा राजेन्द्रप्रसाद श्रेष्ठ, डिल्लीराज भुसाल, अनन्तराम पौडेल, भरतबहादुर चन्द, शशी पन्थी, कृष्णप्रसाद भण्डारी, महेन्द्रप्रसाद भण्डारी सहित अन्य १५ जना सदस्य समेत निर्विरोध चयन भएका छन् । अधिवेशन उद्घाटनका अवसरमा केन्द्रिय उपमहामन्त्री सुदर्शनप्रसाद नेपालले बोल्दै मानविय सेवा नै रेडक्रसको मुख्य उद्देश्य भएकाले सोही अनुसार अगाडी बढ्न र अरुको हितकारी काममा लाग्न सबैलाई आग्रह गरेका थिए । सोही अवसरमा रेडक्रसका विभिन्न पाँच उपशाखाहरुद्वारा एम्बुलेन्स संचालन सामाजिक सेवा पुर्याइरहेको जानकारी दिईएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग