Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडक्रसको २८ औँ अधिवेशन शुरु

Published on 11:50:00 PM //

पी.एम.मगर
नेपाल रेड्क्रस सोसाईटी जिल्ला शाखा गुल्मीको २८ औ अधिवेशन शुक्रबारदेखी सदरमुकाम तम्घासमा शुरु भएको छ । 

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल नेपाल रेड्क्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष शशि पन्थी, केन्द्रीय उपमहामन्त्री सुदर्शनप्रसाद नेपाल, जिल्ला न्यायधिश खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, मजुवा उपशाखाका सभापति हरीवहादुर सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरुले रेड्क्रसको विश्वव्यापी सिद्धान्त, यसको महत्व लगायतका विषयमा वताउनुभएको थियो । मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य रहेको वताउँदै अरुको अरुको लागी हितकारी कार्य गर्ने रेड्क्रसमा पवित्र, धैर्यता तथा समर्पणको भावनाका साथ लाग्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
जिल्लाका विभिन्न उपशाखाहरुमा गरी पाँच वटा एम्वुलेन्सद्धारा जिल्लावासीलाई आकस्मिक सेवा पुर्याइरहेको रेड्क्रस जिल्ला समितिका सभापति अनुपकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै उहाँले शाखावाट सञ्चालन हुँदै आईरहेको एम्वुलेन्स सेवालाई निरन्तरता दिने, रक्तसञ्चार केन्द्र
लाई स्थायित्व रेड्क्रस चिन्हको सदुपयोगको सुनिश्चितता, प्रकोप पुर्व तैयारी तथा उद्धारलाई अझ प्रभावकारी वनाउन, प्राथमिक उपचार सेवालाई व्यापक विस्तार, संगठनात्मक क्षमता अभिवृद्धि, एचआईभी एड्सको वारेमा व्यापक जनचेतना अभिवृद्धि, संकटमा परेकाहरुको लागि सहयोगका योजनाहरुको सञ्चालन जस्ता कार्यहरु सञ्चालन गरिरहेको सभापति श्रेष्ठले वताउनुभयो ।
जिल्लामा हुने प्रकोपका घटनाहरुवाट प्रभावितहरुलाई तत्कालै उद्धार तथा राहतका लागि जिल्ला शाखा तमघाससम्म आउन नपरोस भन्ने उद्धेश्यले वामी, जोहाङ्ग, शान्तिपुर, वस्तु, अर्जै र पुर्कोटमा गरी ६ वटा उपशाखामा सव डिपोको रुपमा उद्धार सामाग्री राखी राहात दिने काम भईरहेको पनि उहाँले वताउनुभयो । सोही अवसरमा संस्थाको आजीवन सदस्य वन्नुभएका समाजसेवी नरप्रसाद श्रेष्ठ, नन्दराम भुसाल, डिल्लीराज भुसाल र सभापति अनुपकुमार श्रेष्ठलाई प्रमुख अतिथि पन्थीले टिका लगाई सम्मान गर्नुभएको थियो । 
अधिवेशनको अहिले वन्द सत्र चलिरहेको छ । वन्द सत्रवाट अनुपकुमार श्रेष्ठलाई पुन: सभापति पदमा निर्वाचित गरिएको र औपचारीक घोषणा हुन भने वाँकी रहेको साथै अन्य पदमा भने सहमतिको प्रयास जारी रहेको श्रोतले वताएको छ । केशवप्रसाद न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको उद्घाटन सत्रमा जिल्ला कार्य समितिका सभापति अनुपकुमार श्रेष्ठको अध्यक्षता तथा मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग