Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संबिधान निर्माण हुनेमा शंका: पोखरेल

Published on 11:52:00 PM //

पी.एम.मगर
नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले निर्धारित समयमा सबिंधान निर्माण हुनेमा शंका उत्पन्न भएको बताउनु भएको छ ।
माओवादीले लडाकु समायोजन गर्न नचाहेका कारण जेठ १४ गते संबिधान बन्न नसक्ने बताउदै लडाकु समायोजन र माओवादीको हिंसात्मक गतिबिधी अन्त्य नभएसम्म संबिधान जारी नहुने बताउनुभयो । अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको आज उद्घाटन गदै उहाँले यस्तो कुरा बताउनु भएको हो ।
माओवादीले लडाकु समायोजन गर्न नचाहेको बताउदै शिबिरमा रहेका लडाकु र हतियार ब्यबस्थापन नभएसम्म बन्दुकको छाया मुनी रहेर संबिधान निर्माण नहुने जिकिर गर्नुभयो । उहाँले तोकिएको समयमा संबिधान निर्माण गर्न र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पु¥याउन जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले काग्रेस सरकारमा आए मात्र शान्ति प्रकृया निष्कर्षमा पुग्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य नजीर मिया, शिक्षा बिभागका केन्द्रिय सदस्य भोजबहादुर शाह, लुबिनी अंचल संयोजक खिमलाल भटराई, कुलदिप भुसाल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम एमालेका जिल्ला अध्यक्ष रामजी घिमीरेको अध्यक्षता र सचिबालय सदस्य जनार्दन खनालको संचालनमा सम्मन भएको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग