Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चेक रिपब्लिकमा नेपाली विद्यार्थी ठगिँदै, दलालहरुले २०० बढी विद्यार्थी पठाउने तैयारी

Published on 7:59:00 PM //

जनार्दन घिमिरे
नेपालवाट थुप्रै एजेण्टहरुले झुटो आश्वासन देखाँउदै अनाहकमा ठगि गरि भ्रममा पारेर मध्य यूरोपेली मुलुक चेक रिपव्लीकमा पठाउने गरेको हुँदा त्यस्ता भ्रममा नपर्न र दलालहरुवाट नठगिनकालागि त्यहाँ स्थित नेपाली चौतारी एण्ड चेक रिपव्लीक नामक सँस्थाले सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।
यसरी भ्रममा पारेर नेपालवाट चेक रिपव्लीककालागि २ सय भन्दा वढी विद्यार्थीहरु पठाउने तयारी गरिरहेको भन्दै ती विद्यार्थीहरुलाई दलालको विश्वास नगर्न संस्थाका अध्यक्ष जितेन्द्र रायमाझीले आग्रह गर्नुभएको छ ।  साथै संस्थाले नेपालवाट विभिन्न एजेण्टहरुले नेपालीहरुलाई चेक रिपव्लीकमा गएपछि दुई वर्षमा ग्रिनकार्ड पाईन्छ भन्दै अनाहकमा ठगि गरि भ्रममा पारेर पठाएका नेपाली विद्यार्थीहरु अलपत्र पर्ने गरेको भन्दै त्यस्ता भ्रममा नपर्न र दलालहरुवाट नठगिनकालागि समेत नेपालीहरुलाई आग्रह गरेको छ ।
चेक रिपव्लीकको राष्ट्रिय झन्डा
गत एक वर्ष अघि वैधानिक रुपमा गर्दा भएको नेपाली चौतारी एण्ड चेक रिपव्लीक संस्थाको हालै पुर्नगठन गरिएको छ । आगामी दिनमा संस्थालाई चुस्त दुरुस्त रुपमा अघि वढाउने उद्देश्य अनुरुप उक्त संस्थाको पुर्नगठन गरिएको संस्थाका अध्यक्ष जितेन्द्र रायमाझीले जानकारी दिनु भएको छ । पुर्नगठित संस्थाको अध्यक्षमा जितेन्द्र रायमाझी मुसिकोट गुल्मी, उपाध्यक्षमा राम कँडेल नवलपरासी, सचिवमा मान वहादुर रोका जुम्ला, कोषाध्यक्षमा सुरज थापा काठमाण्डौ रहनु भएको छ । त्यसैगरि संस्थाको अन्य सदश्यहरुमा चन्द्रवहादुर अधिकारी वाग्लुङ्ग, वैकुण्ठ रायमाझी वामी गुल्मी,हिरा केसी मुसिकोट गुल्मी, विष्णु रायमाझी मुसिकोट गुल्मी र संजय अधिकारी दगातुम्डाँडा गाविस वाग्लुङ्ग निवासी हुनुहुन्छ ।  
चेक रिपव्लिकमा रहेका नेपालीहरुलाई परेको समस्या समाधान गर्ने उदेश्यले गठीत उक्त संस्थाले आगामी दिनमा संस्थाको वेव साईट वनाएर त्यहाँ रहेका नेपालीहरुका खवरहरु वेवसाईट मार्फत अप्डेट गर्ने निर्णय समेत गरेको छ ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग