Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा खाना पकाउने ग्यासको अभाव

Published on 7:49:00 PM //


मनोज बस्नेत
गुल्मीको सदरमुकाम तम्घासमा खाना पकाउने ग्यासको अभाव भएको छ । बिगत १५ दिनदेखि बजारमा खान पकाउने ग्यासको अभाव भएको स्थानीयवासीहरुको गुनासो गरेका छन । 

यसरी बजारमा ग्यासको अभाव भएपछि बिद्यार्थीहरु, सर्वसाधरण सवै मर्कामा छन् । भारतबाट पर्याप्त मात्रामा ग्यास आपुर्ति नभएकाले वजारमा ग्यासको अभाव भएको सिद्धार्थ ग्यासका अधिकृत बिक्रेता गीरीराज रेग्मीले बताउनु भएको छ । उहाँले अहिले गुल्मीमा मात्र नभएर देशभर नै ग्यासको अभाव भएको बताउनु भएको छ । साथै रेग्मीले उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउनका लागि आफुहरुले पहल गरेको वताउनुभयो । यस्तै अर्का अधिक्रृत बिक्रेता इश्वरी पौडेलले पनि बजारमा ग्यासको अभाव भएकाले उपभोक्ताहरु मर्कामा परेकाले छिट्टै उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउन लागि परेको बताउनु भएको छ । 
यता उद्योग बाणिञ्य सघं गुल्मीले भने महोत्सवमा व्यस्त भएकाले यसवारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग