Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेमा थापाको ह्याट्रिक, जिल्लामा सहयोग बढाउन थप चुनौती

Published on 3:48:00 AM //


गुल्मी जिल्ला समाज युकेको आइतबार तमु नेप्लिज भवन मिचेटमा सम्पन्न पांचौं अधिवेशनले ओमप्रसाद थापालाई तेश्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
तेश्रो कार्यसमितिको उपाध्यक्षमा दुर्गा पाण्डे, शंकर भण्डारी र मोती भण्डारी, महासचिवमा अर्जुन गौतम, सचिव विनोद ज्ञवाली, कोषाध्यक्षमा विनप्रसाद भुजेल, सह-कोषाध्यक्षमा दुर्गा बुढाथोकी छनौट भएका छन् । सदस्यहरुमा राम गलामी, ओम बुराथोकी, ओम गुरुङ, तोपबहादुर पल्ली, भेषबहादुर थापा, केशव भण्डारी, रविचन्द्र गुरुङ, मनबहादुर गुरुङ, शिव भण्डारी, राजेन्द्र खरेल, र टिकाराम थापा (दर्लामी) चुनिएका छन् ।
आफूलाई तेश्रोपटक अध्यक्ष निर्वाचित गरिएकामा आभार व्यक्त गर्दै थापाले आफूलाई जिल्लामा सहयोग बढाउन थप चुनौती भएको बताए । थापाले गुल्मी जिल्लामा दोश्रो एम्बुलेन्स् प्रोजेक्ट लैजान र आशा अपांग केन्द्रलाई सहयोग दिने चन्दादाताहरुलाई धन्यवाद दिंदै यो सहयोग निरन्तर रहिरहने अपेक्षा व्यक्त गरे । समाजले हालैमात्र नेपाल गएर सो अपांग केन्द्रलाई ४ लाख रुपैयां सहयोग गरेको थियो ।

नयाँ कार्यसमितिले नेपालका अपांगहरुलाई सहयोग गर्न युकेमा वर्षमा एउटा च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै आगामी वर्षदेखि गुल्मी जिल्लाभित्रै सरकारी स्कुलमा अध्ययन गरि उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई दश/दश हजार रुपैयाँ नगद सहित विशेष पुरस्कार दिने निर्णय गरेको छ । यसवर्ष सुरेश गौतमको प्रायोजनमा सो पुरस्कार दिइनेछ ।

अधिवेशनमा हालै गुल्मी जिल्ला पुगेर सहयोग हस्तान्तरण गरि फर्केका समाजका अध्यक्ष थापा, अर्जुन गौतम र मोती भण्डारीले गुल्मी भ्रमणबारे आफ्नो अनुभव सुनाएका थिए । सो क्रममा उनीहरुले गुल्मीवासी संस्थाको सहयोगबाट धेरै प्रफुल्लित भएको जनाए । अधिवेशनमा महासचिव तोयबहादुर थापा र कोषाध्यक्ष वीनप्रसाद भुजेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । वीरबहादुर वलाल र रवीचन्द्र गुरुङको संयोजनमा भएको सो कार्यक्रममा नेपालबाट घुम्न आएका अतिथीहरुलाई सम्मान समेत गरियो ।

नेपाली पत्रबाट साभार

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग