Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मकैको विउ वितरण

Published on 7:48:00 PM //


गगनशिला खड्का
लुम्बिनी सामुदायिक विकास केन्द्र अर्घाखाँचीले गुल्मीका ४ गाविसमा उन्नत जातको मकैको बिउ बितरण गरेको छ ।
संस्थाले गुल्मीका अर्खले, हस्तिचौर, दर्लामचौर र इस्मा रजस्थलका दलित, जनजाती र बिपन्न वर्गका महिला कृषकहरुलाई पहाडी मकैबाली अनुसन्धान  (एच.एम.आर.पि.) कार्यक्रम अन्तर्गत होँचो जातको बढि फल्ने मकैको बिउ बितरण गरेको हो । हावा, हुरीले अग्लो जातको मकैबालि ढलाईदिने हुदाँ कृषकहरु मर्कामा परिरहेको बेला यस्तो होचोँ जातको धेरै फल्ने उक्त मकैको बिउ बितरण गर्दा कृषकहरुको जिवन स्तर उकासिने आयोजक संस्थाले दाबि गरेको छ ।
त्यस्तै सो संस्थाले समुहमा आधारित बिउ उत्पादन (सि.बि.एस.पि.), अनौपचारिक अनुसन्धान र विकास (एस.आर.डि.) कार्यक्रमको बिउ समेत बितरण गरेको कार्यक्रमका गुल्मी सयोजक कमल अर्यालले जानकारी दिनुभयो । गुल्मीका ती ४ गाविसमा कुल ७ सय ५० किलो मकैको बिउ बितरण गरिएकोमा प्रति किसान १ किलो र हस्तीचौर ६ र अर्खले ४ को कृषक महिला समुहलाई २०/२० किलोका दरले बिउ बितरण गरिएको सयोजक अर्यालले बताउनु भयो । 
बिउ बितरण कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाचीका सचिव सुरज सारु, लेखा प्रमुख मणिराम पौडेल, जिल्ला कृषि विकास कार्यलयका प्राविधिक सहायक चेतनारायण पन्थीले होचो जातको मकैको बिउ रोप्दा नढल्ने तथा राम्रो उत्पादन हुने भन्दै मकै बाली सम्बन्धी कृषकहरुलाई जानकारी गराउनु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग