Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने, तैयारी अन्तिम चरणमा

Published on 2:56:00 AM //


  • अनुमानित खर्च ३६ लाख, आम्दानी ३२ लाख
  • एक सय १० स्टल बुकिङ्ग
  • राष्ट्रिय र स्थानिय गरी ५० वढी कलाकारहरुको प्रस्तुति रहने
गगनशिला खड्का
प्रथम गुल्मी महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको आयोजक गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।
पर्यटन, संस्कृति, उद्योग, व्यापार, कला, संस्कृति, साहित्य, ईतिहास र पुरातत्व, स्वास्थ्य, शिक्षा सबैलाई समेटेर पहिलोपटक गुल्मी जिल्लामा हुन लागेको महोत्सवको ८० प्रतिशत तैयारीको काम सकिएको आयोजकले बताएको हो । तम्घासमा पत्रकार सम्मेलन गरी गुल्मी जिल्लाको समग्र विकाशको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटक, कृषि, उद्योग र व्यापार भन्ने नाराका साथ तम्घासमा हुन लागको महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको आर्थिक विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।
 जिल्ला विकाश समिति र रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजना एवं नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा अनुमानित ३६ लाख रुपैया खर्चहुने महोत्सवमा ३२ लाख रुपैयाँ विभीन्न क्षेत्रबाट सहयोग उठ्ने र बाँकी महोत्सवको कारोबारबाट खर्च समायोजन गरीने उहाँले बताउनुभयो ।
महोत्सवबाट संकलन भएको रकम मध्ये ३० प्रतिशत गुल्मीको पर्यटन विकाशको लागी, २० प्रतिशत तम्घास बजारको दिर्घकालिन सरसफाईको लागी, केही रकम महोत्सवस्थल उपलब्ध गराउने महेन्द्र उच्च माविको सुधारको लागी खर्च गरीने र बाँकी रकम मात्र बाणिज्य संघको कोषमा राखिने श्रेष्ठले बताउनुभयो । करीव ५ लाख जनाले अवलोकन गर्ने लक्ष्य लिईएको महोत्सवको प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने र सकेसम्म हरेक दिनजसो सबै राजनितिक दलका केन्द्रिय तहका नेतृत्वको उपस्थिती गराउन प्रयास गरीने महोत्सव सचिवालय समिति संयोजक तथा उद्योग वाणिज्यसंघका महासचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । 
महोत्सवका लागी एक सय १० स्टल बुकिङ्ग भैसकेको स्टल व्याबस्थापन समिति संयोजक तारा प्रसाद भुसालले बताउनुभयो । स्टलहरुमा व्यापारीक सामाग्री लगायत लोप हुन लागेको पुरानो छालाको आरन खलाँती, तोरीपेल्ने काठको कोल, माटोका भाँडा बनाउने कुमालेको चर्खा, घरेलु हस्तकला र सजावटका सामान लगायतको प्रदर्शनी पनि रहने पर्यटकिय पहिचान तथा अवलोकन समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताउनुभयो ।
महोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिवीरमा चार प्रकारका विभीन्न रोगहरुको अप्रेशन गरीने स्वास्थ्य उपचार समितिका संयोजक शेर बहादुर थापाले बताउनुभयो । महोत्सवको अवसरमा प्रशिद्ध धार्मिक तथा साँस्कृति पर्यटकिय स्थल रेसुङ्गमा साहित्यिक गोष्ठी र धर्मसभा हुने भएको छ ।
बैशाख ९ गते हुने पश्चिमाञ्चलस्तरीय साहित्यीक गोष्ठिमा पश्चिमाञ्चलका १० जिल्लाका साहीत्यकारहरुको जमघट रहने र गुल्मी जिल्लाका संभव भएसम्म सबै पुराना पुस्तक, साहीत्यीक पत्रपत्रिका प्रदर्शन गरीने, साहीत्यीक समिति संयोजक शशी पन्थीले बताउनुभयो । महोत्सवमा राष्ट्रिय र स्थानिय गरी ५० वढी कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक समिति संयोजक अनुप कुमार श्रेष्ठले बताउनुभयो ।
गुल्मी जिल्लामा आधुनिक गायनतर्फका प्रतिभाको खोजी गरी पहिलोपटक रम्बा गुल्मी ताराको पनि घोषणा गरीने साँस्कृतिक समितीले जनाएको छ । महोत्सवको अवसरमा गुल्मीको सदरमुकामका चोक, गल्ली र खोल्साहरु पहिलोपटक सफा गर्ने अभियान सञ्चालन गरीएको छ । महोत्सव अवधिमा महोत्सव स्थल, होटल र बजारमा खानेपानीको अभाव हुन नदिने पूर्ण व्याबस्था मिलाईएको खानेपानी आपूर्ति समितिका संयोजक विरेन्द्र भुसालले बताउनुभयो ।
कृषि क्षेत्रको विकाशका लागी र कृषि क्षेत्रमा लागेका किसानको उत्साहका लागी ठूलोलुम्पेक, थानापति, दिगाम, जैसीथोक, अर्खले लगायतका गाविसबाट कृषि सामाग्री ल्याईने र सबैभन्दा महँगो बृक्ष अगरउडको नेपालमै पहिलोपटक गुल्मी भार्सेका किसान धन बहादुर रानाले व्यावसायीक खेती शुरु गरेकोले मूख्य प्राथमिकताका साथ प्रदर्शनीमा राखिने कृषि सामाग्री समिती संयोजक गोपाल प्रसाद भुसालले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग