Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सही तथ्याङ्क सकंलनमा सहयोग गर्न प्रजिअको आग्रह

Published on 10:24:00 PM //

शिबलाल सुबेदी
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले सही तथ्याङ्क सकंलन गर्नका लागि जिल्लामा आफुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भएको छ । 

उहाँले सबै नागरिकले आफु, आफ्नो परीवार र समाजको सहि सुचना तथा बिवरण दिन सबैलाई आग्रह समेत गर्नुभएको छ । कोही नछुटौ कोही नदोहोरीऔ भन्ने मुल नाराका साथ गर्न लागिएको राष्ट्रिय जनगणना २०६८ बिषयक एक दिने सचेतना गोष्टी गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न गोष्ठीमा कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका अर्यालले यस्तो बताउनु भएको हो ।
राष्ट्रिय जनगणना जिल्ला कार्यलय गुल्मीको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय बिकास अधिकारी दिपेन्दराज पौडेल, प्रहरी नायव उपरिक्षक पदम प्रसाद सुबेदी, बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, जिल्लाका सम्पुर्ण सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, सञ्चारकर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।
 गोष्ठीमा जिल्ला जनगणना अधिकृत दिपक कोइरालाले राष्ट्रिय जनगणना २०६८ प्रक्रिया तथा विशेषता विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरी जनगणनाको प्रश्नावलीका बिषयमा सुपरिबेक्षक युवराज खड्का र सालिङ्गीकरणका बिषयमा अर्का सुपरिवेक्षक बलराम दुलालले आ–आफ्नो कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
 कार्यपत्र माथि नेपाल प्रेस युनियन केन्द्रिय सदस्य जर्नादन घिमीरेले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग